'हर्कबहादुर' कवितामा समसामयिक यथार्थ Contemporary Reality in the Poem 'Hark Bahadur'

Authors

  • महेन्द्र Mahendra वाग्ले Wagle Tribhuvan University, Patan Campus, Lalitpur

DOI:

https://doi.org/10.3126/academia.v3i1.61274

Keywords:

सीमान्त, युगबोध, वर्गीय जीवन, शोषण, श्रमजीवी, असमानता

Abstract

रस्तुत लेखमा कवि दिनेश अधिकारीको ‘हर्कबहादुर’ कवितालाई अध्ययनको विषय बनाइएको छ । यसमा समसामयिक यथार्थवादी चिन्तनको आधारमा कृतिको विश्लेषण गरिएको छ । दिनेश अधिकारी समसामयिक विषयमा कविता लेख्ने आधुनिक कवि हुन् । उनको ‘हर्कबहादुर’ कवितामा समसामयिक यथार्थवादी दृष्टिकोण रहेको छ । साहित्यमा प्रस्तुत गर्ने विषयमा रचनाकारको तत्कालीन परिवेशसँग जोडिएर आउने समाजमा विद्यमान् रहेका विषय समसामयिक यथार्थवादी चिन्तनसँग सम्बद्ध हुन्छन् । यसमा यसै चिन्तनमा अटाउने युगबोध, सचेतता, मानवता, स्वतन्त्रता, विश्वबन्धुत्वजस्ता विषयलाई केन्द्र बनाइएको छ । यसमा विश्लेष्य कविता ‘हर्कबहादुर’मा एक निम्नवर्गीय व्यक्तिको प्रतिनिधित्व हर्कबहादुरले गरेको छ । यस कवितामा हर्कबहादुरले सामना गरेको शोषण, दमन, असमानता, अन्याय आदि समाज र राज्यसत्ताका कारक हुन् । गरिबी, अभावग्रस्त जीवन र विवशता निम्नवर्गीय वास्तविक चित्र हुन् । यस कविताको विषय निम्नवर्गीय व्यक्तिले भोगेको जीवन नै हो जुन समसामयिक यथार्थसँग सम्बद्ध छ । यस लेखमा अध्ययनलाई व्यवस्थित गर्नका लागि सामग्रीहरूको सङ्कलनमा पुस्तकालयको उपयोग गरिएको छ । यसमा आर्थिक विषमता र दयनीय अवस्था, मानवता, युगबोध र सचेतता तथा समानता, स्वतन्त्रता र विश्वबन्धुत्व जस्ता उपशीर्षकलाई विश्लेषणको विषय बनाइएको छ । सैद्धान्तिक पक्षसँग सम्बद्ध सामग्रीहरूलाई वर्णनात्मक विधिको उपयोग गरिएको छ भने कविताका सान्दर्भिक पङ्क्तिहरू उदाहरणका रूपमा समावेश छन् । यसमा ‘हर्कबहादुर’ कवितामा निम्नवर्गीय जनका समस्या टटकारो देखिएको र उनीहरूको गास, बास र कपासको समस्यालाई समाधान गर्नेतर्फ सबै लाग्नुपर्ने भाव व्यक्त गर्ने समसामयिक यथार्थ रहेको निष्कर्ष निकालिएको छ ।

In this article, the poem 'Hark Bahadur' by the poet Dinesh Adhikari, has been made the subject of study. In it, the poem is analyzed on the basis of contemporary realist thinking. Dinesh Adhikari is a modern poet who writes poems on contemporary issues. His poem 'Hark Bahadur' has a contemporary realistic approach. The topics presented in literature are related to contemporary realist thinking in connection with the current environment of the author. It focuses on topics such as understanding of the age, awareness, humanity, freedom, and world brotherhood, which are based on this thought. In this analytical poem 'Hark Bahadur', a lower class person is represented by Hark Bahadur. In this poem, the exploitation, oppression, inequality, injustice, etc. faced by Hark Bahadur are factors of society and state power. Poverty, lack of life and constraint are the real picture of the lower class. The subject of this poem is the life experienced by the lower class people which is related to the contemporary reality. In this article, the library has been used in the collection of materials to organize the study. In it, subheadings like economic disparity and miserable conditions, humanity, understanding of the age and awareness and equality, freedom and world brotherhood have been made the subject of analysis. Descriptive method is used for the materials related to the theoretical aspect while the relevant lines of the poem are included as examples. In this, it is concluded that in the poem 'Hark Bahadur', the problems of the lower class people are acute and it is a contemporary reality that expresses the feeling that everything should be done towards solving their problems of grass, housing and cotton.

Downloads

Download data is not yet available.
Abstract
58
PDF
53

Downloads

Published

2024-01-03

How to Cite

वाग्ले Wagle म. M. (2024). ’हर्कबहादुर’ कवितामा समसामयिक यथार्थ Contemporary Reality in the Poem ’Hark Bahadur’. Academia Research Journal, 3(1), 148–158. https://doi.org/10.3126/academia.v3i1.61274

Issue

Section

Articles