आठहजार क्षेत्रका लोकगीतमा अर्थालङकार {Figure of Speech in the Folk Songs of Athahajar Region}
DOI:
https://doi.org/10.3126/academia.v1i1.49326Keywords:
विभावना, प्रौढोक्ति, स्मृति, अतिशयोक्तिAbstract
सल्यान आठहजार क्षेत्रका बाह्रमासे, पर्व, संस्कार, देवस्तुति र मौसमी गरी पाँच प्रकारका लोकगीतहरू प्रचलित छन ।
यी लोकगीतमा अर्थालङ्कारको खोजी गर्नु नै यस शोध लेखको मूल उद्देश्य हो । यी लोकगीतमा अर्थालङ्कारको खोजीका
लागि सर्वप्रथम लोकगीतको सङकलन गर्ने कार्य गरिएको छ । यसका लागि सम्बन्धित क्षेत्रमा गई लोकगीतको सङकलन
गरिएको छ । सङकलन गरिएका लोकगीतहरूबाट उद्देश्यमूलक नमूना छनौट विधिको उपयोग गरी १५ ओटा
लोकगीतमा अलङ्कार खोज्ने काम यसमा गरिएको छ । अर्थालङकार पहिचान गरिएका लोकगीतको विश्लेषणको लागि
निगमनात्मक विधिको उपयोग गरिएको छ । यस शोध लेखमा उपमा, रूपक, दृष्टान्त, उत्प्रेक्षा, अतिशयोक्ति,
स्वभावोक्ति, स्मृति, विभावना, विशेषोक्ति, असङगति, प्रौढोक्ति, अर्थापत्ति, विकल्प, समाधि र भाविकच्छवि अलङकारको
अध्ययन गरिएको छ । यी अलङकारका सम्बन्धमा पूर्वीय आचार्यहरूले दिएका परिभाषाहरूलाई समेत संलग्न राखेर
विश्लेषण गरिएको छ । अर्थालङकारले सुशोभित यी लोकगीतहरूमा काव्यात्मकता, खोज्ने काम समेत यसमा गरिएको
छ । मूलतः यी लोकगीतमा रहेका मूल विषयहरू समाज, धर्म, संस्कृति, प्रकृति, नारी, प्रेम, विरह, जनविश्वासजस्ता
विषयवस्तुको समावेश भएको पाइन्छ । यस लेखमा भने समाज र प्रेम विषयका गीतको मात्र खोजी गरिएको छ । यस
क्षेत्रका लोकगीतमा खास गरेर श्रृङगार, करुण, वीर, भयानक, शान्त रसको प्रयोग भएको भए तापनि यसमा शान्त रस
र करुण रसका गीतको मात्र चर्चा गरिएको छ । यी लोकगीतमा मुख्य रूपमा खसानी उपभाषिका र केही मात्रामा पर्वती
उपभाषिकाका शब्दको प्रयोग भएको पाइन्छ । संरचनाका हिसावले लोकगीतहरू ११ देखि २५ अक्षरसम्मका पाइन्छन ।