भारतीय सिपाही विद्रोह दमनमा नेपाली सेनाको भूमिका (वि.सं.१९१४)
DOI:
https://doi.org/10.3126/voh.v33i1.87294Keywords:
विद्रोह, सिपाही, दमन, पल्टनAbstract
भारतमा व्यापार गर्न आएको बेलायतको इस्ट इण्डिया कम्पनीले भारतलाई आफ्नो साम्राज्य नै बनाउन सफल भयो । यस कुराबाट भारतका पूर्वराज्यहरू, शासकहरू र जनताहरू असन्तुष्ट थिए । जसको फलस्वरूप वि.सं. १९१४ मा भारतीयहरूले अङ्ग्रेज सरकारको विरुद्ध एउटा विद्रोह गरे । अङ्ग्रेज सेनामा रहेका असन्तुष्ट भारतीय सिपाहीहरूद्वारा मेरठमा शुरु गरिएको यो विद्रोहले केही समयभित्रै उग्ररूप लिएको थियो । यस विद्रोहमा भारतीय सिपाहीहरूमात्र सम्लग्न नभई भारतीय राज्यका राजाहरूलगायत अङ्ग्रेजविरोधी अन्य प्रतिष्ठित व्यक्तिहरू पनि सामेल भएकोले यस विद्रोहलाई दवाउन अङ्ग्रेज सरकारलाई ज्यादै मुस्किल पर्न गएको थियो । त्यस अवस्थामा नेपालका प्रधानमन्त्री जंगबहादुर राणाले नेपाली सेना पठाई विद्रोह दमन गर्न अङ्ग्रेजहरूलाई सहयोग गरेका थिए । तसर्थ यो लेख भारतीय सिपाही विद्रोह दमन गर्न नेपाली सेनाको भूमिका कस्तो रह्यो भन्ने बारेमा केन्द्रीत रहेको छ ।