भाष्कर मल्लको राज्यकालका केही प्रमुख गतिविधिहरू

Authors

  • Balaram Kayastha Central Department of History

DOI:

https://doi.org/10.3126/voh.v33i1.87292

Keywords:

चौतारा, गजपति, तलेजु, महामारी, किण्डोल

Abstract

कान्तिपुरका राजा भाष्कर मल्लको छोटो शासनकाल विविध सांस्कृतिक एवं राजनैतिक गतिविधिले युक्त रहेको पाइन्छ, जुन गतिविधि इतिहासमा पहिले कहिल्यै नभएका वा नदेखिएका थिए । कुलपुर्खादेखि प्रचलित सांस्कृतिक परम्परा जगेर्ना गर्ने हेतुले आपसी सम्बन्ध वैमनस्यपूर्ण हुँदाहुँदै पनि उनी सर्वप्रथम कान्तिपुरका साथै ललितपुरको राजगद्दी खाली हुँदा त्यहाँका समेत राजा हुन पुगे । तर परम्परा विपरित यिनले कान्तिपुर दरबारमा पहिलोपल्ट एउटा गैरनेवार मुस्लिम व्यक्तिलाई काजीका रूपमा ल्याए । अनि भयावह बन्न पुगेको महामारीको प्रकोप जति नै पूजापाठ, शान्तिस्वस्ति गर्दा पनि शान्त नभएपछि त्यसका निम्ति स्थानीयवासीले इसाई धर्म प्रचारकहरुमाथि दोषारोपण गरी आक्रमण गरे । अनि सोही महामारीमा परी यिनको अल्पायुमै निसन्तान मृत्यु हुँदा कान्तिपुर राज्यमा सूर्यवंशी मल्ल राजाहरुको वैधानिक वंशक्रम समाप्त भई अर्कै वंशको शासन प्रारम्भ भयो । यी सांस्कृतिक क्रियाकलाप एवं परिस्थितिजन्य कारणले गर्दा राजा भाष्कर मल्ल कान्तिपुरका त्यति उल्लेखनीय शासक नभए तापनि उनको राज्यकाल भने ऐतिहासिक दृष्टिले महत्वपूर्ण देखिन्छ । यसरी कान्तिपुरको इतिहासमा महेन्द्र मल्ल, प्रताप मल्ल जस्ता प्रभावशाली राजाहरु मात्र नभएर भाष्कर मल्ल जस्ता गुमनाम राजाको छोटो शासनकाल पनि विविध गतिविधि र परिस्थितिले गर्दा महत्वपूर्ण रहेको देखिन्छ तर यसका बारेमा हालसम्म कतैबाट गहनरूपले अध्ययन अनुसन्धान नभएको पाइएकाले यहाँ यसै विषयलाई प्रकाश पारिएको छ । प्रस्तुत लेखलाई प्रामाणिक स्रोतसामग्रीहरू उपयोग गरी व्याख्यात्मक ढाँचाबाट विश्लेषण गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
5
pdf (Nepali)
7

Author Biography

Balaram Kayastha, Central Department of History

Associate professor

Downloads

Published

2025-12-31

How to Cite

Kayastha, B. (2025). भाष्कर मल्लको राज्यकालका केही प्रमुख गतिविधिहरू. Voice of History, 33(1), 195–207. https://doi.org/10.3126/voh.v33i1.87292

Issue

Section

Articles