जिरीका जिरेलहरू : उद्भव र स्थिति

Authors

  • Jyoti Upadhaya Central Department of History

DOI:

https://doi.org/10.3126/voh.v33i1.87291

Keywords:

ऐतिहासिक पक्ष, जिरेल जाति, तिब्बती बौद्ध, वोन परम्परा, जिरी

Abstract

दोलखा जिल्लाका जिरेलहरूको उद्भव सम्बन्धमा खोजी गर्ने उद्देश्य रहेको प्रस्तुत अध्ययन गुणात्मक ढाँचामा व्याख्यात्मक शैली अपनाएर तयार पारिएको छ । वोन परम्परा मान्ने जिरेलहरू खेतीपाती, मजदुरीमा आधारित आर्थिक जीवनशैली छोडेर विस्तारै नोकरीतर्फ आकर्षित हुन थालेको पाइन्छ । आधुनिकताको प्रभाव, शैक्षिक विस्तार, पर्यटन र सामाजिक रूपान्तरणले गर्दा आफ्नो जातीय उद्भवलाई ऐतिहासिक घटनाक्रमसँग जोड्ने प्रवृत्ति जिरेलहरूमा बढ्दै गएको छ । दोलखा जिल्लाको जिरीका जिरेलहरू किराती सम्प्रदायका रहेको तथ्य खुलाएर उनीहरूको उद्भव प्रस्ट्याउने क्रममा पुस्तकालय अध्ययन, पत्रपत्रिका अध्ययन, जिरेल लेखक तथा प्राज्ञहरूका सिर्जना, धारणा सङ्कलन, विश्लेषण गरिएको छ । जिरेलहरूको परम्परागत जीवनशैली, आपसी सम्बन्ध आदिका माध्यमबाट गरिएको अध्ययन यस जिरेल जातिको पहिचान केवल भूगोलसँग मात्र नभएर सांस्कृतिक र ऐतिहासिक रूपमा पनि विशिष्ट रहेको पाइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
5
pdf (Nepali)
9

Author Biography

Jyoti Upadhaya, Central Department of History

Lecturer

Downloads

Published

2025-12-31

How to Cite

Upadhaya, J. (2025). जिरीका जिरेलहरू : उद्भव र स्थिति. Voice of History, 33(1), 184–194. https://doi.org/10.3126/voh.v33i1.87291

Issue

Section

Articles