प्रस्तुतिको नेपथ्यीय व्यवस्थापन Prastutiko Nepathyiya Vyabasthapan

Authors

  • कान्छी Kanchhi महर्जन Maharjan सरस्वती बहुमुखी क्याम्पस Saraswati Multiple Campus

Keywords:

रङ्गप्रविधि rangapravidhi, रङ्गउपकरण rangaupakaran, रङ्गसज्जा rangasajja, दृश्यात्मक र प्रदर्शन Drishyatmak Pradarshan

Abstract

अभिनय प्रदर्शन केवल अभिनेताको स्वान्त सुखायका लागि होइन । त्यसैले नाट्यप्रस्तुति दर्शकमाझ अनिवार्य प्रस्तुत हुनुपर्दछ । प्रस्तुतिका क्रममा मञ्चमा केवल अभिनेताहरू उपस्थित हुन्छन् । उनीहरू मञ्चमा आफ्ना अभिनय देखाउँछन् । दर्शकसँग सीधा सम्पर्क हुने अभिनेताको मात्र उपस्थिति मञ्चमा देखिए तापनि त्यस प्रस्तुतिका पछाडि धेरै व्यक्तिहरूको संलग्नता रहेको हुन्छ । यस लेखमा तिनै प्रस्तुतिका पछाडि हुने सम्पूर्ण रङ्गमञ्चीय क्रियाकलापलाई नेपथ्यीय व्यवस्थापनका रूपमा खोज गरिएको छ । यस क्रममा प्रत्यक्ष रूपमा नाट्यप्रस्तुति पूर्वका नेपथ्यीय क्रियाकलापमा प्रत्यक्ष सहभागी हुँदै प्राथमिक स्रोतअन्तर्गतबाट सामग्री सङ्कलन गरिएको छ । यसका साथै आवश्यकताअनुसार सबै रङ्गकर्मीहरूमाझ यस विषयमा छलफल गर्दै सामग्री सङ्कलन गरिएको छ । नेपाली तथा हिन्दी भाषामा प्रकाशित नाटक र नाट्यप्रस्तुति सन्दर्भग्रन्थबाट नेपथ्यीय व्यवस्थापनका सैद्धान्तिक आधार बनाइएको छ । नाट्यप्रस्तुतिको यात्रा नाट्य–आलेखसँगै आरम्भ हुँदै दर्शकमाझ प्रस्तुति भएपश्चात् दर्शकको प्रतिक्रियासँगै यसको अन्त्य भएको मानिन्छ । नाट्यप्रस्तुतिको सम्पूर्ण योजना निर्देशककै सक्रियतामा बन्ने भए तापनि यसमा अन्य रङ्गकर्मीहरूका साथसाथै रङ्गशिल्प र रङ्गउपकरणहरूको आवश्यकता पर्दछ । नाट्य–आलेखको छनोट, प्रस्तुतिको योजना, बजेट योजना, अभिनेताको छनोट, रिहर्सल, रङ्गसज्जा, रूपसज्जा, वेशभूषा, मञ्चसज्जा, प्रकाश संयोजन, ध्वनिसंयोजन, गीत, सङ्गीत तथा नृत्यको प्रयोग, पूर्वतयारी तथा रङ्गस्थलको प्रयोग, यातायात तथा अन्य खर्चको व्यवस्थापन आदिलाई यहाँ नाट्यप्रस्तुतिका नेपथ्यीय व्यवस्थापनअन्तर्गत राखेर अध्ययन गरिएको छ । यी नेपथ्यीय व्यवस्थापनविना नाट्यप्रदर्शन हुन सक्तैन । नाट्यप्रस्तुति एक सामूहिक रङ्गयात्रा भएकाले यसका लागि नेपथ्यीय व्यवस्थापन अनिवार्य देखिन्छ । यिनै नेपथ्यीय व्यवस्थापनको सम्पूर्ण
प्रयासको मूर्त रूप नै प्रस्तुति हो ।

Abstract
352
pdf
0

Author Biography

कान्छी Kanchhi महर्जन Maharjan, सरस्वती बहुमुखी क्याम्पस Saraswati Multiple Campus

उपप्राध्यापक

Downloads

Published

2019-06-30

How to Cite

महर्जन Maharjan क. K. (2019). प्रस्तुतिको नेपथ्यीय व्यवस्थापन Prastutiko Nepathyiya Vyabasthapan. Tribhuvan University Journal, 33(1), 221-232. https://doi.org/10.3126/tuj.v33i1.28696

Issue

Section

Science

How to Cite

महर्जन Maharjan क. K. (2019). प्रस्तुतिको नेपथ्यीय व्यवस्थापन Prastutiko Nepathyiya Vyabasthapan. Tribhuvan University Journal, 33(1), 221-232. https://doi.org/10.3126/tuj.v33i1.28696