भाषा सिकाइको संज्ञानात्मक निर्माणवादी सिद्धान्त Bhasha Sikaiko Sangyanatmak Nirmanvadi Siddhanta

Authors

  • नेत्रप्रसाद Netraprasad पौडेल Poudel महेन्द्र रत्न क्याम्पस ताहाचल Mahendra Tatna Campus Tahachal, TU

Keywords:

निर्माणवादी सिद्धान्त, बालविकास र सिकाइबिचको सम्बन्ध, Bal Bikas ra sikai vichko sambandha

Abstract

संज्ञानात्मक निर्माणवादी सिद्धान्तका जनक स्विस मनोवैज्ञानिक तथा दार्शनिकजिन पियाजे बीसौँ शताब्दीका भाषाशास्त्री हुन् । यस सिकाइसम्बन्धी सिद्धान्तबाट बालविकास र सिकाइबिचको सम्बन्ध निरूपण भएको छ । यसले संज्ञानात्मक सार्वभौमिकतालाई अगालेको छ । बालबालिकाको सिकाइलाई जैविक पृष्ठभूमिसग जोडेकोछ । भाषा विकासका लागि संज्ञानात्मक विकासको खाचोलाई औल्याएको छ । योसंरचनागत, धारणागत, आत्मीकरण तथा संयोजन र सन्तुलनको अवधारणामा आधारितदेखिन्छ । यसले स्थितिजन्य सिकाइ सिद्धान्तको पक्षधरता अगालेको छ । बाल विकाससग बच्चाको बौद्धिक विकास र संज्ञानात्मक विकासलाई जोड्ने यस सिद्धान्तले भाषालाईतथ्याङ्कको स्रोतका रूपमा मात्र ग्रहण गरेको छ । बालकलाई विभिन्न सजीव–निर्जीववस्तु र घटनाबारेको तार्किक सिप अनि ज्ञानको निर्माणमा तथा त्यसको पृष्ठपोषणमाभाषाको आवश्यकता पर्छ भन्ने कुरामा यसको जोड देखिन्छ । त्यसैगरी यो भाषासिकाइका निम्ति मानव बुद्धिलाई अभ्यस्त तुल्याउन वास्तविकताको रूपान्तरण रस्थिरताको आवश्यकताको पक्षमा उभिएको छ । यसले स्वउत्प्रेरणालाई एउटा सक्रियप्रक्रियाका रूपमा सिकारले आफ्ना विगत र वर्तमानका ज्ञान एवम् अनुभवहरूसग सम्मिलन, अनुकूलन र संयोजन गर्दै नया ज्ञानको सिर्जना गर्ने प्रक्रियाका रूपमा उपयोगगर्दछ भन्ने पक्ष र ज्ञान ग्रहण गर्ने कुरा नभई विगत र वर्तमानका अनुभवहरूकोसमन्वयबाट आफै सिर्जना हुने कुरा हो भन्ने मान्यतालाई स्विकारेको छ ।

Abstract
885
pdf
0

Author Biography

नेत्रप्रसाद Netraprasad पौडेल Poudel, महेन्द्र रत्न क्याम्पस ताहाचल Mahendra Tatna Campus Tahachal, TU

नेपाली शिक्षा विषयका सहप्राध्यापक  Associate professor, Nepali 

Downloads

Published

2016-03-31

How to Cite

पौडेल Poudel न. N. (2016). भाषा सिकाइको संज्ञानात्मक निर्माणवादी सिद्धान्त Bhasha Sikaiko Sangyanatmak Nirmanvadi Siddhanta. Tribhuvan University Journal, 29(1), 259-266. https://doi.org/10.3126/tuj.v29i1.25994

Issue

Section

Science

How to Cite

पौडेल Poudel न. N. (2016). भाषा सिकाइको संज्ञानात्मक निर्माणवादी सिद्धान्त Bhasha Sikaiko Sangyanatmak Nirmanvadi Siddhanta. Tribhuvan University Journal, 29(1), 259-266. https://doi.org/10.3126/tuj.v29i1.25994