राइटरबाजे कथामा वैयक्तिक स्वतन्त्रता
DOI:
https://doi.org/10.3126/tuj.v39i2.73019Keywords:
वैयक्तिक स्वतन्त्रता, स्वत्व, अस्तित्वशील, सङ्कटग्रस्त, जिम्मेवारीAbstract
‘‘राइटरबाजे’ कथामा वैयक्तिक स्वतन्त्र अभिव्यक्तिको अवस्थाका बारेमा विश्लेषण गर्ने उद्देश्यलेप्रस्तुत लेख तयार पारिएको हो । यस लेखको विषयको क्षेत्रका रूपमा विश्वेश्वरप्रसादकोइरालाको ‘राइटरबाजे’ कथाको विश्लेषण गर्नु रहेको छ । यस लेखमा ‘राइटरबाजे’ कथामा वैयक्तिक स्वतन्त्रताको अभिव्यक्ति के कसरी भएको छ भन्ने प्राज्ञिक जिज्ञासालाई मुख्यसमस्या बनाइएको छ । बहुसत्यमा विश्वास गरिएको यस लेखमा गुणात्मक अनुसन्धान ढाँचा अवलम्बन गरिएको छ । यस अध्ययनमा यथास्थितिप्रति विमति राख्दै स्वत्व विकासका निम्ति स्वतन्त्र निर्णय गर्दा अस्तित्वशील पात्रले सङ्कटग्रस्त परिस्थितिको सामना गर्न परेपनि जिम्मेवारी वहन गरिरहेका हुन्छन् भन्ने कुरालाई तत्वमीमांसाका रूपमा ग्रहण गरिएको छ र शोधदर्शनका बिचमा सामञ्जस्यसमेत कायम गरिएको छ । अध्ययनको क्षेत्र र चरसँग सम्बद्ध प्राथमिक र द्वितीयक स्रोतका सामग्रीको अध्ययन गरी प्राप्त तथ्यका आधारमा पाठविश्लेषण अध्ययनविधिको उपयोग गरी लेखलाई पूर्णता प्रदान गरिएको छ । यस अध्ययनमा अस्तित्ववादी जीवनदर्शनको मान्यता व्यक्तिको स्वतन्त्रतालाई सैद्धान्तिक आधार बनाइएको छ । अस्तित्ववादको यसै सैद्धान्तिक मान्यताको आशय अनुरूपका स्वत्व विकासका लागि निर्णय,सङ्कटग्रस्त परिस्थितिको सामना र जिम्मेवारी वहनलाई सूचक बनाई निर्धारित कथाको विश्लेषण गरिएको छ । विश्लेषित कथामा अस्तित्वका लागि प्रतिबद्ध पात्रले जड भविताकाअवस्थाबाट मुक्तिका लागि स्वतन्त्र निर्णयका साथ कर्ममा सक्रिय रहँदा सङ्कटग्रस्त परिस्थितिकोसामना र जिम्मेवारी वहन गरी कर्ममा प्रवृत्त रहेको सन्दर्भलाई आख्यानीकरण गरिएको छ भन्नेकुरा निष्कर्षका रूपमा प्राप्त भएको छ । जीवनमा कर्मशील रहनुपर्छ भन्ने यस कथाको केन्द्रीयकथ्य लोकमा सकारात्मक विचारधाराको निर्मितिका लागि उपयोगी देखिन्छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.
© Center for Research, Tribhuvan University