वेदान्तीय शिक्षण विधिशास्त्र : निदिध्यासनका अङ्गहरूको अवधारणा र उपयोगिता

Authors

  • जनार्दन Janardan घिमिरे Ghimire शिक्षाशास्त्र केन्द्रिय बिभाग, कीर्तिपुर

DOI:

https://doi.org/10.3126/tuj.v39i2.73015

Keywords:

शिक्षण विधिशास्त्र, निदिध्यासन, निदिध्यासनका अङ्गहरू, वेदान्त दर्शन, शैक्षिक सामाजिक उपयोगिता

Abstract

वेदान्त दर्शनमा उल्लेख भएको निदिध्यासन र यसका अङ्गहरूको अवधारणा स्पष्ट पार्ने ध्येयमा यो लेख केन्द्रित छ । यसमा निदिध्यासनका अङ्गहरूको सरल व्याख्या गरी तिनको शैक्षणिक तथा सामाजिक उपादेयता प्रस्तुत गरिएको छ । यस लेखमा शास्त्रहरूको व्याख्या गर्ने नौ चरणीय विधि र हर्मेन्यूटिक्स विधिको प्रयोग गरी सूचना संकलन र सङ्कलित सूचनाहरूको सत्यापन गरी व्याख्या एवम् विश्लेषण गरिएको छ । श्रवण र मननका आधारमा ज्ञानको गहिराइसहित व्यावहारिक प्रयोग गर्ने प्रक्रिया नै निदिध्यासन हो । निदिध्यासनका पन्ध्रवटा अङ्गहरू: यम, नियम, त्याग, मौन, देश, काल, आशन, मूलबन्ध, देहसम्य, दृष्टिको स्थिति, प्राणसंयम, प्रत्याहार, आत्मध्यान र समाधि हुन् । यमअन्तर्गत सत्य, अहिंसा, अस्तेय, ब्रह्मचर्य र अपरिग्रह गरी पाँचवटा उपअङ्गहरू छन् । शौच, सन्तोष, तप, स्वाध्याय र ईश्वर प्रणिधान नियमका उपअङ्गहरू हुन् । निदिध्यासनका यी सबै अङ्गहरू ब्रह्मज्ञानका लागि प्रस्तुत गरिएका भए तापनि वर्तमान शिक्षा प्रणाली र सामाजिक जीवनमा समेत उपयोगी र सान्दर्भिक देखिन्छन् । यस्ता उपयोगी ज्ञानहरू वैदिक चिन्तन परम्परामा भएपनि त्यसबाट यथोचित लाभ लिन सकिएको छैन । आफ्नै नाभिबाट निस्किएको वासनाको स्रोत खोज्दै दौडिएको कस्तुरी मृगझैँ हामी पनि ज्ञानको खोजीमा पश्चिम दिशातर्फ भौतारिएका छौं । प्राज्ञिक निकायहरूले यस विषयमा चासो राखी वैदिक ज्ञान विज्ञानको खोज अनुसन्धानमा विशेष जोड दिनु अपेक्षित छ ।

Downloads

Download data is not yet available.
Abstract
11
PDF
12

Author Biography

जनार्दन Janardan घिमिरे Ghimire, शिक्षाशास्त्र केन्द्रिय बिभाग, कीर्तिपुर



Downloads

Published

2024-12-31

How to Cite

घिमिरे Ghimire ज. J. (2024). वेदान्तीय शिक्षण विधिशास्त्र : निदिध्यासनका अङ्गहरूको अवधारणा र उपयोगिता . Tribhuvan University Journal, 39(2), 247–266. https://doi.org/10.3126/tuj.v39i2.73015

Issue

Section

Articles