चलचित्रीकरणमा कथानकको गति {Motion of Plot in Film Adaptation}

Authors

  • दीपकप्रसाद Dipakprasad ढकाल Dhakal नेपाली केन्द्रीय विभाग, त्रिवि, कीर्तिपुर

DOI:

https://doi.org/10.3126/tuj.v39i1.66759

Keywords:

कथा समय, घटना रेखा, दृश्यांश, समविन्दुगामी, समाख्यान समय

Abstract

प्रस्तुत लेखमा कथा विधामा सौन्दर्य मूल्यका रूपमा रहने कथानक र चलचित्रमा दृश्यका तहबाट सृजना हुने गतिका बिचको अन्तरसम्बन्ध अध्ययन गरिएको छ । कथा पाठीय (भाषिक सङ्केत व्यवस्था) हुने र चलचित्र क्यामराको प्रविधि प्रयोग गरेर विद्युतीय प्रसारणमा प्रस्तुत गरिने विधा हुन् । यी दुई विधा क्रमशः पाठक र दर्शकका तहमा पुगेपछि सौन्दर्यबोध गरिने फरकफरक प्रस्तुति कला हुन् । यस अनुसन्धान लेखमा यी दुवै विधामा कथानकसम्बन्धी सैद्धान्तिक विमर्श गरिएको छ । यसरी गरिएको विमर्शका बिचको अन्तरसम्बन्धलाई आरेखबद्ध गरी अवधारणाको प्रस्टता प्रस्तुत गरिएको छ । लेख तयारीका निम्ति पुस्तकालय कार्यबाट प्राप्त सामग्री प्रयोग गरिएको छ । कथाको विधा सिद्धान्तका सामग्री तथा चलचित्रका सैद्धान्तिक एवं प्राविधिक पक्षका बारेमा गरिएका अध्ययन प्रस्तुत लेखमा प्राथमिक सामग्रीका रूपमा प्रयोग गरिएका छन् । विश्लेषणका निम्ति गुणात्मक विधि प्रयोग गरिएको छ । यस क्रममा सैद्धान्तिक सन्दर्भ, तिनको व्याख्यात्मक प्रस्तुति तथा रेखाङ्कनका आधारमा सत्यापन सम्मको प्रक्रिया अपनाइएको छ । कथाका घटनालाई भौतिक अस्तित्वयुक्त मानस बिम्बमा प्रस्तुत गर्ने कला कथानक हो । कथानक पात्रको द्वन्द्व एवं क्रियाव्यापारका सापेक्षतामा प्रस्तुत हुन्छ । चलचित्रमा दृश्य कथानकभन्दा पनि मसिनो र सूक्ष्म विषय हो । कथानकका कुनै एक कोशीय एकाइका निम्ति धेरै दृश्यांशको समेत विधान गरेर गति निर्माण गर्नु पर्ने प्रविधि चलचित्रको दृश्यमा प्रयोग गरिन्छ । यी दुईका बिच गहिरो अन्तरसम्बन्ध हुन्छ । चलचित्रको दृश्यमा देखिने गति कथानकभन्दा पनि थप सूक्ष्म र बहुआयामिक (ध्वनि, प्रकाशको संयोजन र भौतिक अस्तित्वको विशिष्टतायुक्त) हुन्छ । यसरी गति निर्माण गर्दा चरित्रको वृत्त (आर्क) लाई केन्द्रमा रखेर दृश्यमा प्रस्तुत गरिन्छ । कथामा कोशीय एकाइको पारस्परिकता कथानकलाई गति विकास गर्न प्रयोग गरिन्छ भने चलचित्रमा भाषाइतरका प्राविधिक पक्षको समेत संयोजन गरी गतिको सूक्ष्मता विकास गरिएको हुन्छ ।

Downloads

Download data is not yet available.
Abstract
39
PDF
44

Downloads

Published

2024-06-20

How to Cite

ढकाल Dhakal द. D. (2024). चलचित्रीकरणमा कथानकको गति {Motion of Plot in Film Adaptation}. Tribhuvan University Journal, 39(1), 218–232. https://doi.org/10.3126/tuj.v39i1.66759

Issue

Section

Articles