विषय शिक्षकका दृष्टिमा स्नातक नेपाली शिक्षाका पाठ्यांश {Undergraduate Nepali Education Course from Subject Teacher's Point of View}

Authors

  • बुद्धराज Buddharaj खनिया Khaniya शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रिवि, काठमाडौँ

DOI:

https://doi.org/10.3126/tuj.v39i1.66758

Keywords:

पाठ्यक्रम योजना, भाषा शिक्षण सिकाइ, मुख्य पाठ्यांश, साहित्यिक विधा, सैद्धान्तिक पाठ्यविषय

Abstract

यो अनुसन्धान लेख त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्कायले चार बर्से बिएडमा लागु गरेको मुख्य नेपालीका दश पाठ्यांशमा केन्द्रित छ । विषय शिक्षकको धारणाका आधारमा निर्दिष्ट पाठ्यांशमा समाविष्ट पाठ्यविषयलाई शैक्षणिक दृष्टिले विश्लेषण गर्ने उद्देश्य राखेर यो लेख तयार गरिएको हो । यसमा गुणात्मक अनुसन्धानको स्थलगत अध्ययनअनुसार उद्देश्यपूर्ण नमुना छनोटका आधारमा काठमाडौँ उपत्यकामा रहेका छ ओटा क्याम्पसबाट चारबर्से बिएडमा प्राध्यापन गर्ने बिसजना विषय शिक्षक छनोट गरी उनीहरूसँग अर्ध संरचनात्मक अन्तरवार्ता गरी तथ्य सङ्कलन गरिएको छ । सङ्कलन गरिएका तथ्यहरूलाई वर्णनात्मक एवम् व्याख्यात्मक तरिकाले विश्लेषण गरिएको छ । यसअनुसार नेपाली कथा र उपन्यास, नेपाली नाटक, एकाङ्की र निबन्ध, नेपाली कविताकाव्य र साहित्यशास्त्र र नेपाली समालोचना गरी जम्मा चार पाठ्यांशमा समाविष्ट पाठ्यविषयहरू साहित्यिक विधासँग सम्बन्धित छन् । त्यस्तै भाषाविज्ञान र नेपाली भाषाको पाठ्यांशमा सामान्य भाषाविज्ञान र नेपाली भाषाका विशेषतासम्बन्धी पाठ्यविषयहरू रहेका छन् । निर्धारित सबै पाठ्यविषय सैद्धान्तिक किसिमले छनोट र स्तरण गरिएको छ । तसर्थ अधिकांश विषय शिक्षकले भने बमोजिम निर्धारित सैद्धान्तिक पाठ्यविषयलाई भाषा शिक्षण सिकाइसँग जोडेर शिक्षाशास्त्रीय बनाउनु पर्दछ । त्यसैगरी नेपाली भाषा पाठ्यक्रम, पाठ्यपुस्तक तथा शिक्षण पद्धति, नेपाली भाषा शिक्षण, अनुसन्धानविधि, व्यावहारिक लेखन तथा सम्पादनका पाठ्यांशमा समाविष्ट पाठ्यविषय प्रत्यक्ष भाषा शिक्षण सिकाइसँग सम्बन्धित भएकाले र प्रायोगिक भाषा विज्ञानको पाठ्यांश प्रायोगिक प्रकृतिको भएको हुँदा उक्त पाँचओटै पाठ्यांशलाई यथावत गरी तिनका पाठ्यविषयलाई सम्बन्धित विषय शिक्षकले भने बमोजिम विद्यार्थीको स्तरअनुसार समयसापेक्ष हुनेगरी परिमार्जन गर्नुपर्ने देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
54
PDF
62

Downloads

Published

2024-06-20

How to Cite

खनिया Khaniya ब. B. (2024). विषय शिक्षकका दृष्टिमा स्नातक नेपाली शिक्षाका पाठ्यांश {Undergraduate Nepali Education Course from Subject Teacher’s Point of View}. Tribhuvan University Journal, 39(1), 204–217. https://doi.org/10.3126/tuj.v39i1.66758

Issue

Section

Articles