शिरीषको फूल र डापी उपन्यासमा अस्तित्ववादी निस्सारता
DOI:
https://doi.org/10.3126/tuj.v38i01.56218Keywords:
स्वतन्त्रता, निस्सारता, निरर्थकता, अभाव, अनपेक्षितAbstract
प्रस्तुत लेख पारिजातद्वारा लिखित शिरीषको फूल र ध्रुवचन्द्र गौतमद्वारा लिखित डापी उपन्यासको अस्तित्ववादी जीवनदृष्टिको मूलभूत मान्यता निस्सारताका कोणबाट गरिने तुलनात्मक अध्ययनमा केन्द्रित रहेको छ । शिरीषको फूल र डापी उपन्यासमा अस्तित्ववादी निस्सारताको अभिव्यक्ति किन गरिएको हो भन्ने शोध्यप्रश्नको समाधानका लागि यी दुई उपन्यासको तुलनात्मक अध्ययन गरिने उद्देश्य यस अध्ययनमा राखिएको छ । स्वतन्त्र निर्णय गर्दै अस्तित्वका लागि प्रयत्नशील मानिसले भोग्नु परेका अनपेक्षित परिणाम, अभावजस्ता समस्याका कारण उसमा जीवनप्रति निरर्थकताको अनुभूति हुन्छ भन्ने मान्यता अस्तित्ववादी निस्सारताको रहेको छ । विवेच्य यी दुई उपन्यासका प्रमुख पात्रहरू सकमबरी, सुयोगवीर र विक्रमले अस्तित्वका लागि प्रयत्न गरिरहँदा भोग्नुपरेका अनपेक्षित परिणामका कारण निस्सारताको अनुभूति गरेको कुरालाई विषयबद्ध गरिएको छ । बहुसत्यमा विश्वास गरिएको यो गुणात्मक अध्ययनमा तत्त्वमीमांसा, ज्ञानमीमांसा र मूल्यमीमांसाका बीचमा समन्वय कायम गरिएको छ । पाठ विश्लेषण पद्धतिको अवलम्बन गरिएको यस अध्ययनमा उपन्यासका साक्ष्यका आधारमा निस्सारताको विश्लेषण गरिएकाले निगमनात्मक शोधविधि अवलम्बन गरिएको छ । अस्तित्वकालागि प्रयत्नशील मानिसले भोग्नुपर्ने समस्याका कारण उसमा जीवनप्रति निस्सारताको अनुभूति हुन्छ भन्ने लोकका लागि उपयोगी ज्ञानको सञ्चार यी दुई उपन्यासले गरेका छन् भन्ने निष्कर्ष यस अध्ययनको रहेको छ । अस्तित्ववादी निस्सारताको मर्म अनुकूल निर्मित उपकरणका आधारमायी दुई उपन्यासका बीचमा गरिएको तुलना नवीन, मौलिक र प्राज्ञिक दृष्टिले महत्वपूर्ण रहेकाले अन्य अध्येताका लागि उपयोगी हुनु यस अध्ययनको उपलब्धि रहेको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.
© Center for Research, Tribhuvan University