‘दसैँ’ र ‘सहीको सही’ कथामा वर्गीय शक्तिसम्बन्ध
DOI:
https://doi.org/10.3126/tuj.v38i01.56214Keywords:
सामन्तवादी विमर्शात्मक संरचना, उच्चवर्ग, निम्नवर्गAbstract
गाउँको सन्देश (२०१०) कथासङ्ग्रहमा सङ्गृहीत ‘दसैँ’ र ‘सहीको सही’ कथामा तत्कालीन सामन्ती संरचनायुक्त समाजमा विद्यमान उच्चवर्गीय र निम्नवर्गीय चिन्तन, सोच, चरित्र र तिनका व्यवहारको प्रतिनिधित्व गराई निम्नवर्गीय जीवनका समग्र यथार्थलाई प्रस्तुत गरिएको छ । सर्वेक्षण, सूक्ष्म पठन तथा पाठ विश्लेषणको विधि प्रयोग गरी समग्रमा विश्लेषणात्मक विधिमार्फत सामान्यीकृत निष्कर्ष प्रस्तुत गरिएको ‘दसैँ’ र ‘सहीको सही’ कथामा सांस्कृतिक अध्ययन अन्तर्गत वर्गीय शक्तिसम्बन्धको खोजी र विश्लेषण गरिएको छ । यी कथामा उच्चवर्ग र निम्नवर्गबीचमा रहेको असमान, असन्तुलित र शत्रुतापूर्ण वर्गीय शक्तिसम्बन्धलाई देखाइएको छ । विश्लेष्य कथामा तत्कालीन समाजमा सामन्तवादी विमर्शात्मक संरचनायुक्त सञ्चेतना क्रियाशील रहेका कारण उत्पादनका साधनमाथि उच्चवर्गीय वर्चस्व कायम भएको छ र त्यसबाट निर्मित र प्रसारित ज्ञानका कारण वर्गीय शक्तिसम्बन्ध धमिलिई शत्रुतापूर्ण बनेको देखाइएको छ । तत्कालीन समाजमा उत्पादनका सबै साधनमाथि उच्चवर्गको वर्चस्व रहेको हुनाले वितरण प्रणाली र सामाजिक प्रभुत्वमा पनि उच्चवर्गकै आधिपत्य स्थापित भएको देखाइएको छ । यी कथामा वर्गीय विभेद, दमन र तत्कालीन समाज स्थापित सामन्ती ढाँचाको विमर्शात्मक संरचनाले उच्चवर्गलाई शासक र निम्नवर्गलाई शासितको स्थान तय गरिदिएर उच्चवर्गीय दमन, उत्पीडन र शोषणका लागि आधार तयार पारेको देखाइएको छ । तत्कालीन केन्द्रीय तथा स्थानीय सत्तामा सामन्तवादी उच्चवर्गकै वर्चस्व रहेका कारण निम्नवर्ग आवाजविहीन र निमुखो बन्न पुगेको देखिन्छ । त्यसै गरी केन्द्रीय सत्तासम्मको पहुँच समेत उच्चवर्गकै भएका कारण श्रमको मूल्य निर्धारण, सामाजिक न्याय, श्रमको अतिरिक्त मूल्यको शोषणजस्ता कार्यमा उच्चवर्गले छुट पाएको तथ्य निष्कर्षका रूपमा उक्त कथामा प्रस्तुत गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.
© Center for Research, Tribhuvan University