मोटेल अमेरिका उपन्यासमा आप्रवासी चेतना {Immigrant consciousness in the novel Motel America}

Authors

  • शालिकराम Shalikram पौड्याल Poudyal बुटवल बहुमुखी क्याम्पस, त्रिवि, बुटवल Butwal Multiple campus, TU Butwal

DOI:

https://doi.org/10.3126/tuj.v37i1.48300

Keywords:

संस्कृति भञ्जन, ऐकान्तिकता, सीमान्तीकृत, इच्छित भूमि, आप्रवासी

Abstract

मोटेल अमेरिका राजवद्वारा रचिएको आप्रवासी चेतना भएको उपन्यास हो । प्रस्तुत उपन्यासमा आप्रवासी अर्थात् डायस्पोराका के कस्ता प्रवृत्तिहरू रहेका छन् भन्ने मूल प्राज्ञिक समस्यामा केन्द्रित रही त्यसका मुख्य प्रवृत्तिहरूको निरूपण गर्ने काम यस लेखमा गरिएको छ । विदेशी भूमिमा बसेर नेपालको थातथलो, नेपाली संस्कृति, भाषा, जीवनपद्धति आदिको नोस्टाल्जियामा रचेका उपन्यासमा आप्रवासी चेतना हुने र यस्ता साहित्यमा जन्मभूमि र इच्छित भूमि, विभाजित मानसिकता, अल्पसङ्ख्यक तथा सीमान्तीकृत हुनुको पीडा, परदेशीय हुनुको रोमाञ्च र चिन्ता, अस्तित्वबोधका लागि एक सूत्रताको खोजी, अतीत मोह, ऐकान्तिकताको चिन्तन तथा संस्कृति भञ्जनको पीडा जस्ता विशेषता आप्रवासी वा डायस्पोरिक साहित्यमा पाइन्छन् । प्रस्तुत उपन्यासमा अमेरिकामा रहेका नेपालीहरूले भोग्नुपरेका दुःख, पीडा, अन्योल, एक्लोपनर अनिश्चितताको अभिव्यक्ति भएको छ । अमेरिकी भूमिमा भोगेका सङ्घर्ष र पीडाका अनुभूतिहरू र परिवार, इष्टमित्र, छिमेकी, साथी–सङ्गीसँग आत्मीय सम्बन्धहरूको विशाल तरङ्ग नै यस उपन्यासको विषयवस्तु बनेर आएको कुराको विश्लेषण गरिएको छ । तसर्थ यस लेखमा मोटेल अमेरिका उपन्यासलाई यिनै विविध आधारमा विश्लेषण गरी आप्रवासी चेतनाकादृष्टिले सफल रहेको उपन्यासका रूपमा निष्कर्ष दिइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
80
PDF
65

Author Biography

शालिकराम Shalikram पौड्याल Poudyal, बुटवल बहुमुखी क्याम्पस, त्रिवि, बुटवल Butwal Multiple campus, TU Butwal

उपप्राध्यापक Assistant Lecturer

Downloads

Published

2022-09-20

How to Cite

पौड्याल Poudyal श. S. (2022). मोटेल अमेरिका उपन्यासमा आप्रवासी चेतना {Immigrant consciousness in the novel Motel America}. Tribhuvan University Journal, 37(1), 125–139. https://doi.org/10.3126/tuj.v37i1.48300

Issue

Section

Articles