नेपालमा दासप्रथा उन्मूलन: एक अध्ययन Nepalma Dashpratha Unmulan: Ek Adhyayan

Authors

  • ज्ञानी Gyani जोशी Joshi महेन्द्र रत्न क्याम्पस, त्रि.वि., ताहाचल, काठमाडौँमा Mahendra Ratna Campus, TU, Tahachal Kathmandu

Keywords:

नेपालमा दासप्रथा Daspratha in Nepal

Abstract

मानिसलाई किनबेचको वस्तु बनाएर सम्पत्तिका रूपमा प्रयोग गरिने प्रथादासप्रथा हो । विश्वमा दासप्रथाको निकै लामो इतिहास छ, विश्वका प्राचीनतमसभ्यताहरूदेखि प्रायः सबै सभ्यताहरूमा यो प्रथाले जरा गाडेको पाइन्छ । विश्वमा प्रायःहरेक समयका कालखण्डमा दासप्रथाका अवशेषहरू जीवित रहेका पाइन्छन् । नेपाल पनिदासप्रथाबाट अछुतो थिएन र शताब्दीयौँदेखि यो प्रथा प्रचलनमा थियो भन्ने तथ्यइतिहासबाट प्रमाणित हुन्छ । सभ्य समाज, मानवाधिकार संरक्षणको अवधारणा, मानवजातिमा बन्धुत्वको विकास तथा आधुनिक सोचका कारण दासप्रथालाई सभ्य समाजकोकलङ्कका रूपमा हेरिन थालिएको हो । फलतः इतिहासमा कुनै समय राज्य रसरकारद्वारा वैधानिकता पाएको दासप्रथा विश्वव्यापी रूपमा नै उन्मूलनका लागि विविधप्रयासहरूले मूर्त रूप लिएकै परिणामस्वरूप वर्तमानमा विश्वका कुनै पनि मुलुकमादासप्रथा कानुनी अस्तित्वमा छैन । नेपालमा पनि दासप्रथा उन्मूलनका लागि शङ्खधरसाख्वादेखि पृथ्वीनारायण शाह तथा जङ्गबहादुर हुँदै चन्द्र शम्शेरसम्म विभिन्न प्रयासहरूगरिएको इतिहास छ । नेपालका सन्दर्भमा उल्लेख गर्ने हो भने विभिन्न कालखण्डमापुरातन दासप्रथा उन्मूलनका लागि भए गरेका प्रयासहरू धेरै हदसम्म सफल हुनुका साथैमुक्तिपछि दासहरूको समुचित पुनर्वास तथा व्यवस्थापन पनि सकारात्मक ढङ्गमा अघिबढेको थियो । नेपालमा पुरातन दासप्रथा उन्मूलन धेरै हदसम्म सफल भए पनि आधुनिकदासप्रथाका रूपमा रहेका कमैया, हलिया, कमलरी प्रथा पनि उन्मूलन वा खारेजी सभ्यसमाजका लागि अनिवार्य थियो । विभिन्न परिस्थितिजन्य कारणका परिणामस्वरूपदासप्रथाको नवीन स्वरूप वा अवशेषका रूपमा रहेका यी प्रथालाई नेपाली समाजबाटमुक्त गर्ने प्रयास सरकार तथा सरोकारवालाबाट भएका छन् तथापि यसतर्फ शतप्रतिशतसफलता हासिल गर्न अभैm धेरै प्रयास गर्न बाँकी छ । दासप्रथा तथा दासप्रथाका नयाँस्वरूप वा अवशेषहरूको पूर्ण उन्मूलनका लागि भए गरेका प्रयास, चुनौती तथासमाधानका विभिन्न प्रयासहरू यस आलेखमा प्रस्तुत गर्ने जमर्को गरिएको छ ।शब्दवर्ग, क्रियायोगी, सर्वनाम, विशेषण, व्यक्तिवाचक, जातिवाचक, द्वितीय,एकवचन, वहुवचन, प्रथम पुरुष, द्वितीय पुरुष, प्रश्नवाचक, आत्मवाचक, सकर्मक,अकर्मक, अव्यय, स्त्रीलिङ्ग, पुलिङ्ग ।

Abstract
498
pdf
0

Author Biography

ज्ञानी Gyani जोशी Joshi, महेन्द्र रत्न क्याम्पस, त्रि.वि., ताहाचल, काठमाडौँमा Mahendra Ratna Campus, TU, Tahachal Kathmandu

उप–प्राध्यापक Deputy Professor

Downloads

Published

2016-03-31

How to Cite

जोशी Joshi ज. G. (2016). नेपालमा दासप्रथा उन्मूलन: एक अध्ययन Nepalma Dashpratha Unmulan: Ek Adhyayan. Tribhuvan University Journal, 29(1), 231-240. https://doi.org/10.3126/tuj.v29i1.25989

Issue

Section

Science

How to Cite

जोशी Joshi ज. G. (2016). नेपालमा दासप्रथा उन्मूलन: एक अध्ययन Nepalma Dashpratha Unmulan: Ek Adhyayan. Tribhuvan University Journal, 29(1), 231-240. https://doi.org/10.3126/tuj.v29i1.25989