मृत्यु कवितामा मृत्युको परिभाषा
DOI:
https://doi.org/10.3126/pb.v6i12.70525Keywords:
मृत्युचिन्तन, बोध, स्वतन्त्रता, सामयिक, दर्शनAbstract
आधुनिक नेपाली कवितामा मञ्जुल प्रारम्भमा प्रगतिवादी वैचारिक धरातलका कविता लेख्ने कविका रूपमा चिनिन्छन् । वि.सं. २०२४ को राल्फा आन्दोलनका अभियन्ता मञ्जलु का यस आन्दोलनसँग सम्बद्ध कविताहरू प्रगतिवादी प्रवृत्तिका छन् भने पछिल्लो समयका कविताहरू भिन्नभिन्न प्रवृत्तिका देखिन्छन् । सामाजिक राजनीतिक विकृति र विसङ्गति, अनाचार, शोषण, अशिक्षा, गरिबी आदिको विरोधका साथै क्रान्ति र विद्रोही चेतनाको अभिव्यक्तिलाई उनले आफ्ना कविताका विषय बनाएका छन् । मञ्जुल प्रणयपरक, रागात्मक चेतना, प्रकृतिचेतना र राष्ट्रिय चेतनालाई सरल र कलात्मक भाषामा प्रस्तुत गर्ने कवि हुन् । कवि मञ्जुलको मृत्युकविता (२०५५) मा मृत्युको परिभाष र परिवेशमा केन्द्रित रहेको छ । यसरी कवि मञ्जुलले मृत्युकवितामा मृत्युका विभिन्न रूप, स्वरूप तथा मृत्युका भावलाई व्यक्त गरेका छन् । मृत्यु शीर्षकमा लेखिएका उनका सबै कवितामा भिन्न दृष्टिबाट मृत्युको परिभाषा, रूप तथा स्वरूपको चित्रण गरिएको छ । मृत्यु दर्शनमा लेखिएको यस सब्ग्रहका कवितामा साधारण व्यक्तिले भ्याउन नसक्ने या पन्छाउने जीवनको मूल्य, मृत्यु, समय, मानवको या समाजको भविष्य, इच्छाको स्वतन्त्रता, वर्तमानको असामञ्जस्य, प्रेम र घृणाका, जीवन मरणका, मूलभूत कुरा समेटिएका छन् भन्ने निष्कर्ष यस लेखको रहेको छ ।