Prajnik Bimarsha प्राज्ञिक विमर्श https://nepjol.info/index.php/PB
Prajnik Bimarsha प्राज्ञिक विमर्श publishes articles on language and literature.
Anusandhan Bimarsh Nepal en-US Prajnik Bimarsha प्राज्ञिक विमर्श 2676-1297 उलार उपन्यासमा सीमान्तीयता https://nepjol.info/index.php/PB/article/view/65990
यस अध्ययनमा उपल्लो वर्गको शासकीय सामन्तवादी राज्यव्यवस्थाले अवलम्बन गरेको जनविरोधी विचारबाट सिर्जित वर्गीय, लिङ्गीय, जातीय, क्षेत्रीय सीमान्तीयता प्रभुत्व प्रतिरोधको विश्लेषणका लागि सीमान्तीयताको सैद्धान्तिक पक्षलाई मूल आधार मानी ‘उलार’ उपन्यासको अध्ययन गरिएको छ । सीमान्तपात्रको प्रतिनिनिधित्व र पहिचान तथा सीमान्तपात्रको अवाज र प्रतिरोधी चेतना मूलसमस्या र शोध्यप्रश्नको समाधानका लागि पाठविश्लेषणकेन्द्री गुणात्मक अनुसन्धान ढाँचाको प्रयोग गरिएको छ । सीमान्तीय अध्ययन भनेको सत्तासम्बन्धबाट सिर्जित विभेद र त्यसबाट विभाजित सामाजिक रूपरेखाका रूपमा परिभाषित विषय हो । यसमा मूलतः सामाजिक संरचनामा राज्यको मूलधारबाट बाहिर पारिएका, इतिहासविहिन र अवाजविहिन शोषित, उत्पीडित, समदुाय, वर्ग वा व्यक्तिको अध्ययन गरिएको हुन्छ । साहित्यिक पाठमा प्रयोग भएका विषयका आधारमा सत्तासम्बन्ध पहिचान गरी केन्द्र र किनारामाथिको आलोचनात्मक दृष्टिकोण सीमान्तीय अध्ययनको प्रमुख कडी हो भने उलार उपन्यासमा सामाजका शोषक, सामान्त, र राज्यव्यवस्थाको दोहरो मारमा परेका सीमान्तपात्र र परिवेशको जीवन्त प्रस्तुति भएको प्रमाणका आधारमा सीमान्तयताका दृष्टिकोणले अध्ययनीय सामग्री रहेको छ । उपन्यासको केन्द्रमा पञ्चायती व्यवस्था तथा वर्तमान व्यवस्थामा सीमान्त भूमिकामा रहेका प्रतिरोधी चेतना भएका नेपाली जनताका प्रतिनिधि पात्रहरू प्रेमललवा, द्रौपदी र त्यहाँको समुदायलाई प्रतिनिधिमूलक रूपमा प्रस्तुत गरिएको छ । देशमा व्यवस्था परिवर्तन भएपनि शासकको व्यवहार, सोच र प्रवृतिमा परिवर्तन नभएकोले सीमान्तीय समुदायको अवस्था ज्युँकात्युँ रहेको चित्र प्रस्तुत गरिएको छ । समाजमा सीमान्त वर्ग, समुदाय वा व्यक्तिमाथि गरिएको अन्याय, अत्याचार, घृणा, उपेक्षा, अवहेलना, शोषण, दमन, उत्पीडन तथा थिचोमिचोको अन्त्यका लागि सीमान्तीय समुदाय वा वर्गले आफूमाथि लादिएको व्यवहार अन्याय, उत्पीडन र उपेक्षाका विरुद्धमा प्रतिरोधी चेतनाको विकास हुँदै गएको यथार्थलाई महत्वका साथ प्रस्तुत गरी निष्कर्षमा पुगिएको छ ।
कटकबहादुर Katakbahadur जप्रेल Japrel Copyright (c) 2024 2024-05-21 2024-05-21 6 11 7 15 10.3126/pb.v6i11.65990 सहनशीला सुशीला नाटकमा नारी उत्पीडन https://nepjol.info/index.php/PB/article/view/65991
प्रस्तुत अनुसन्धानात्मक लेखमा नारीवादी सैद्धान्तिक मान्यताअन्तर्गत नारी उत्पीडनका आधारहरू प्रस्तुत गरिएको छ । पितृसत्तात्मक सामाजिक संरचनाभित्र नारीले झेल्ने उत्पीडनलाई जैविकीय आधार तथा सामाजिक–सांस्कृतिक आधारमा विभाजन गरेर तत्सम्बन्धी सैद्धान्तिक मान्यताको प्रस्तुति यसमा गरिएको छ ।नाटकको परम्परागत पितृसत्तात्मक सामाजिक संरचनाभित्र निर्मित लैङ्गिक विभेदका कारण उनीहरू उत्पीडित भएका छन् । जैविकीय आधारमा तथा सामाजिक–सांस्कृतिक आधारमा उनीहरूले उत्पीडन झेलेको देखिएको छ । यस नाटकको प्रमुख भूमिकामा रहेकी सुशीला र अर्की पात्र बाटुलीले नारी भएकै कारण समाजमा स्वतन्त्र भएर बाँच्न पाएका छैनन् । सुशीलाले आफ्नो पतिको अन्याय र अत्याचार सहन बाध्य भएकी छे । उसको पक्षमा आफ्ना दाजु र बाबुले समेत साथ दिएका छैनन् । किनकी ऊ नारी भएको कारणले उसको पक्षमा नउभिई उल्टै जुवाइँको पक्षमा वकालत गरेकोबाट प्रष्ट देखिन्छ । उपर्युक्त सैद्धान्तिक मान्यताका आधारमा नाटककार भीमनिधि तिवारीको सामाजिक नाटक सहनशीला सुशीलामा प्रयुक्त नारी उत्पीडनको विश्लेषण गरिएको प्रस्तुत लेखमा नाटककार तिवारीले आफ्नो यस नाटकमा नारी उत्पीडनको प्रस्तुतिका माध्यमबाट स्थापित पुरातनवादी मूल्यमान्यतामा परिवर्तन हुनुपर्ने आशय व्यक्त गरेको निष्कर्ष निकालिएको छ ।
कलावती Kalawati रूपाखेती Rupakheti Copyright (c) 2024 2024-05-21 2024-05-21 6 11 16 22 10.3126/pb.v6i11.65991 विश्व राजनीतिमा वैज्ञानिक समाजवादी चिन्तनको प्रभाव https://nepjol.info/index.php/PB/article/view/65994
यस आलेखमा विश्व राजनीतिमा वैज्ञानिक समाजवादी चिन्तनले पारेको प्रभावको अध्ययन गरिएको छ । आलेखमा रूसमा लेनिनले अक्टोवर समाजवादी क्रान्ति गर्दै समाजवाद स्थापना गरी सोभियत युनियनको गठन गरेपछि सोभियत युनियनले विश्व राजनीतिमा पारेको प्रभावलाई प्रमुख आधार मानिएको छ । लेनिनले सन् १९२२ मा समाजवादी व्यवस्थाको नयाँ प्रारूप सोभियत युनियनको अवधारणा ल्याई सोभियत युनियनको गठन गरेपछि यसको प्रभावमा र सहयोगमा विश्वका विभिन्न मुलुकमा समाजवादी क्रान्ति सम्पन्न भई समाजवादी व्यवस्था स्थापना भएको थियो । यस आलेख यसै विषयवस्तुमा केन्द्रित रही तयार पारिएको छ । यस आलेखमा विशेषतः मङ्गोलिया, हङ्गेरी, युगोस्लाभिया, चेकोस्लोभाकिया, पूर्वी जर्मनी, यमन, अफ्रिकी महादेशका विभिन्न मुलुक, कम्बोडिया, अफगानिस्तान, चीन, उत्तर–कोरिया, भियतनाम, लाओस, क्युवाजस्ता मुलुकमा सोभियत युनियनको र वैज्ञानिक समाजवादी चिन्तनको प्रभावमा कसरी समाजवादी क्रान्ति तथा जनवादी क्रान्ति सम्पन्न भई समाजवाद स्थापना तथा जनवाद स्थापना भई समाजवादका लागि मार्ग प्रशस्त भए भन्ने कुराको मिहिन, सूक्ष्म ढङ्गले सङ्क्षिप्त अध्ययन गरिएको छ । यस आलेख आगनात्मक विधिको प्रयोग गरी अध्ययन गरिएको छ भने यस आलेखको उद्देश्य विश्वमा वैज्ञनिक समाजवादी चिन्तनले पारेको प्रभावलाई प्रकाश पार्नु हो । यस आलेखको अध्ययनले विश्व राजनीतिमा वैज्ञानिक समाजवादी चिन्तनले पारेको प्रभावलाई राम्रोसँग बुझ्न सकिन्छ ।
गोविन्दप्रसाद Govindaprasad मैनाली Mainali Copyright (c) 2024 2024-05-21 2024-05-21 6 11 23 35 10.3126/pb.v6i11.65994 मुक्तक तत्वको परिधिमा ‘सरुभक्तका मुक्तक’ https://nepjol.info/index.php/PB/article/view/65995
प्रस्तुत आलेख मुक्तक तत्वका परिधिमा सरुभक्तका मुक्तक केकस्ता छन् भन्ने खोजी गर्ने उद्देश्यले तयार पारिएको हो । अनुसन्धानलाई पूर्णता दिन सामग्री सङ्कलनमा पुस्तकालयलाई प्रमुख स्रोत मानिएको छ । विषयवस्तुको प्राथमिक स्रोत सरुभक्तका अघिल्ला तीन कृतिसमेत समावेश गरेर एकीकृत रूपमा प्रकाशित कृति ‘सरुभक्तका मुक्तक’ हो । मुक्तक तत्वको अध्ययन क्रममा सो बारेका अनुसन्धान, विश्लेषण, समीक्षा, समालोचनालाई द्वितीय स्रोत सामग्रीका रूपमा उपयोग गरिएको छ । विभिन्न विद्वान्ले अगाडि सारेका चिन्तन एवम् दृष्टिकोणलाई अध्ययनमा सैद्धान्तिक आधार बनाइएको छ । सरुभक्तका मुक्तकलाई मुक्तक तत्वका परिधिमा अध्ययन गर्दा विषयगत सन्दर्भमा उनले समसामयिक जनजीवनका विविध सन्दर्भलाई नै मुक्तकका विषय बनाएका छन् । जहाँ व्यक्तिको व्यक्तिगत जीवनदेखि, सिङ्गो समाज, राष्ट्र, राष्ट्रियता, एकता, विविधतापूर्ण संस्कार संस्कृतिको चित्रण पाइन्छ । यो मात्र नभएर प्रकृतिको चित्रण, राजनीतिक चित्रण, शृङ्गारिक तथा आध्यात्मिक प्रेम, विसङ्गतवाद, अस्तित्ववाद, प्रयोगवादको चित्रण सुन्दर तरिकाले भएको छ । गुणात्मक अनुसन्धान ढाँचामा तयार पारिएको आलेखमा सूक्ष्म पठन र विश्लेषण विधि प्रयोग गरी निष्कर्ष निकालिएको छ ।
गौतम Gautam रानाभाट Ranabhat Copyright (c) 2024 2024-05-21 2024-05-21 6 11 36 49 10.3126/pb.v6i11.65995 प्रगतिशील गीतका राजनीतिक अन्तर्वस्तु र दलिय सङ्गठन निर्माणमा भूमिका https://nepjol.info/index.php/PB/article/view/66005
प्रस्तुत लेख प्रगतिशील गीतका राजनीतिक अन्तर्वस्तु र सङ्गठन निर्माणसँग सम्बन्धित रहेको छ । न्युमेनले राजनीतिक दलहरूलाई आधुनिक राजनीतिको ‘लाइफलाइन’ मानेका छन् । दलहरूले आफ्नो शक्ति र सङ्गठन विस्तार गर्न अनेक साधनहरूको प्रयोग गर्ने गर्दछन् । पञ्चायतकालीन समयमा नेपालका कम्युनिष्ट घटकहरूमध्ये सबैभन्दा ठुलो साम्यवादी दल नेकपा (माले) ले गीतलाई सङ्गठन विस्तारको आधार बनाएको थियो । यसै सन्दर्भमा राजनीतिक दलहरू प्रतिबन्धित रहेको अवस्थामा उक्त भूमिगत राजनीतिक दलको सङ्गठन विस्तारमा प्रगतिशील गीतले खेलेको भूमिकालाई प्रगतिशील गीतका मूल प्रवृत्ति र अन्तर्वस्तुका दृष्टिविन्दुबाट विश्लेषण गर्नु प्रस्तुत लेखको मूल उद्देश्य हो । वणर्नात्मक ढाँचामा तयार गरिएको यो लेख मुख्यतः गुणात्मक प्रकृतिको रहेको छ । मूलतः प्राथमिक, र द्वितीयक स्रोतबाट प्राप्त तथ्यहरूमा आधारित छ । कम्युनिष्ट पार्टीको सङ्गठन विस्तारमा जनवादी गीतले खेलेको भूमिकाका बारेमा अध्ययन गर्न चाहने अध्येताहरूका लागि यो अध्ययन बढी उपयोगी हुने अपेक्षा गरिएको छ । भूमिगत दल र दलीय शक्तिको सबलीकरणमा प्रगतिशील गीतले एक सांस्कृतिक साहित्यिक अङ्गका रूपमा महत्वपूर्ण भूमिका खेलेको थियो र उक्त गीतहरूले राजनीतिक परिवर्तनको जन आन्दोलन (२०४६) मा समेत प्रभावकारी भूमिका थियो भन्ने प्रस्तुत लेखको मूल निष्कर्ष रहेको छ ।
टिका प्रसाद Tika Prasad भण्डारी Bhandari Copyright (c) 2024 2024-05-21 2024-05-21 6 11 50 60 10.3126/pb.v6i11.66005 उत्तरवर्ती नेपाली कवितामा शब्द चयन https://nepjol.info/index.php/PB/article/view/66006
प्रस्तुत अध्ययन उत्तरवर्ती नेपाली कवितामा शब्द चयन के–कसरी भएको छ भन्ने कुरामा केन्द्रित रहेको छ । कवितामा चयनको अध्ययन शैलीविज्ञानबाट विकसित विधि वा पद्धति हो । यस पद्धतिमा साहित्यलाई भाषिक कला र चयन, अग्रभूमीकरण र प्रयुक्ति विविधतालाई शैलीचिह्नक मानिन्छ । चयनको अध्ययन शब्द, पदावली र वाक्य स्तरको अध्ययन हो । कवितामा प्रयुक्त शब्द, पदावली र वाक्यको चयन के–कसरी गरिएको छ भन्ने कुराको अध्ययनले कविको शैली र त्यस चयनको उद्देश्य प्राप्त हुन्छ । यस अध्ययनका लागि सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ र विश्लेष्य कवितालाई प्राथमिक सामग्रीका रूपमा लिइएको छ । चयनको सैद्धान्तिक व्याख्याका लागि प्रयोग गरिएका सन्दर्भ पुस्तकहरूलाई द्वितीयक सामग्रीका रूपमा लिइएको छ । उत्तरवर्ती चरणका नेपाली कवितामा प्राप्त चयनित शब्द, पदावली र वाक्यको विश्लेषण गुणात्मक विधिबाट गरिएको छ । यसका लागि पाठ विश्लेषण विधि अवलम्बन गरिएको छ । यस अध्ययनबाट उत्तरवर्ती नेपाली कवितामा शब्द, पदावली र वाक्यको चयन विशिष्ट रहेको निष्कर्ष प्राप्त भएकोछ ।
तुलसीप्रसाद Tulasiprasad गौतमः Gautam Copyright (c) 2024 2024-05-21 2024-05-21 6 11 61 68 10.3126/pb.v6i11.66006 गोपीचा उपन्यासमा ऐतिहासिक तथ्यको आख्यानीकरण https://nepjol.info/index.php/PB/article/view/66008
प्रस्तुत लेख विश्व कुइकेलद्वारा लिखित गोपीचा (२०८०) उपन्यासमा आख्यानीकरणमा केन्द्रित छ । इतिहासमा घटेको वास्तविक घटनालाई आख्यानको वस्तु निर्माण गर्ने हेतुले उपन्यासकारले गरेको काल्पनिक मिथकीय पुनः सृजनका कोणबाट यस लेखको शोध्यविषय निर्दिष्ट गरिएको छ । नेपालको राजनीतिक परिवर्तनमा गणेशमान सिंहले भद्रगोल बन्दीगृह तोडेर भाग्ने क्रममा सहयोगीका रूपमा कार्य गरेको गोपी शर्मा नामक व्यक्ति इतिहासको तथ्य हो । यिनलाई केन्द्रमा राखेर उपन्यासको आख्यान योजना कसरी तयार गरिएको छ भन्ने शोध्य विषय नै यस लेखको अनुसन्धानको पक्ष हो । लेख तयारीका निम्ति पुस्तकालीय कार्यबाट सामग्री प्रयोग गरिएको छ । गोपीचा उपन्यास अनुसन्धानका निम्ति प्राथमिक सामग्री हो भने गोपीचा उपन्यासका विषयमा भएका अध्ययन र इतिहासमा प्राप्त तथ्य द्वितीयक हुन् । यी सामग्रीलाई निगमनात्मक विधिको प्रयोग गरी विश्लेषण गरिएको छ । ऐतिहासिक तथ्यलाई उपन्यासमा आख्यानीकरण गर्दा गरिएका सृजनात्मक पुनरुत्पादन पनि विश्लेषण गरिएकाले आगमनात्मक विधिको पनि प्रयोग भएको छ । यसरी यस लेखमा सत्यापनका तहसम्म अध्ययन क्रमिक बनेको छ । गोपीचा उपन्यासमा गोपी शर्मा नामक पात्रलाई तत्कालीन शासकले अन्तरजातीय विवाहको मुद्दा लगाएर जात घटुवा गरी भद्रगोल जेलमा राखेको ऐतिहासिक तथ्य हो । राणाकालीन समाजमा जात व्यवस्था गहिरोसँग संस्थागत भएको थियो र यही जातीय विविधतालाई बँचाएर शासकले नागरिकमाथि शोषण गर्थे । श्यामश्वेत रूपमा यस उपन्यासमा तत्कालीन समाज प्रतिबिम्बित छ । गोपी शर्मा इतिहासले चिनेको व्यक्ति भए तापनि उसको सङ्घर्षशील चेतना निर्माणमा विविध पक्षले काम गरेको छ । विद्रोह एकै पटक सतहमा देखिने नभई त्यसको वातावरण आन्तरिक रूपमा तयार भएको हुन्छ । यस लेखमा नेवार समाज, राणा परिवारभित्र पनि शोषणमा परेका व्यक्ति तथा सचेत राजनीतिक परिवर्तनका पक्षधर मिलेर विद्रोह सम्पन्न भएको निष्कर्ष प्राप्त भएको छ ।
दिपकप्रसाद Dipakprasad ढकाल Dhakal Copyright (c) 2024 2024-05-21 2024-05-21 6 11 69 77 10.3126/pb.v6i11.66008 तमिलबाट नेपालीमा अनुवाद – तिरुक्कुरल https://nepjol.info/index.php/PB/article/view/66011
नेपाली साहित्य अनुवादको माध्यमबाट पनि धेरै समुन्नत भएको छ । अनवुादको माध्यमबाट नै नेपाली साहित्य अन्यभाषीर अन्य अन्यभाषाका पुस्तक नेपाली पाठकले पढ्न पाउँछन् । तमिल साहित्यको एक महत्वपूर्ण शास्त्रीय प्राचीन ग्रन्थ तिरूक्कुरललाई सुनिता दाहालले तमिलबाट नेपालीमा अनुवाद गरेकी छन् । यसमा तीन खण्ड, तेह्र वटा उपखण्ड र पैतीस वटा शीर्षकीय परिच्छेदहरू र जम्मा १३३० वटा श्लोकहरू रहेका छन् । नेपाली अनुवाद ग्रन्थमा भूमिका, मूलपाठ र अनुक्रमणिका आदि सबै मिलाएर ५८३ + ३८ गरी जम्मा ६२१ पृष्ठहरू रहेका छन् । यसमा मूल तमिल दुई पंक्तिको एकेक श्लोकलाई तमिल लिपिसँगै देवनागरी लिपिमा लिप्यान्तरण गरिएको छ भने त्यसको नेपालीमा पद्यानुवाद र टिकारूपी गद्यानुवाद गरिएको छ । मूल तमिल ग्रन्थका जम्मै श्लोकहरू नै सूक्तिमय छन् भने तिनको पद्यानुवाद र गद्यानुवाद दोहोरो अनुवाद उस्तै सूक्तिमय छन् । यसमा भावपक्ष र शिल्प पक्ष दुवैबाट अनुवादकला उत्कृष्ट छ । मूल कृतिका हरेक पंक्तिलाई मननपूर्वक अनुवाद गरिएको छ ।
नवीन Nabin पौड्याल Poudyal Copyright (c) 2024 2024-05-21 2024-05-21 6 11 78 86 10.3126/pb.v6i11.66011 वाक्य विश्लेषणको स्वरूप र प्रक्रिया https://nepjol.info/index.php/PB/article/view/66014
वाक्य विश्लेषण निरूपण लेखमा सर्वप्रथम वाक्यको सामान्य परिचय दिइएको छ । विषयवस्तुलाई प्रष्ट्याउन अलग–अलग उपशीर्षक राखी विषय परिचयमा विषयवस्तु खुलाउन ‘वाक्य विश्लेषण’ को विषयवस्तुलाई चिनारीका रूपमा प्रस्तुत गरिएको छ । वाक्यको आवश्यक तत्व योग्यता, आकाङ्क्षा र आसत्तिलाई सामान्य परिचय दिई त्यसका उपकरणको चर्चा गर्दै सरल वाक्य, संयुक्त वाक्य र मिश्रवाक्यको सटीक व्याख्या गरिएको छ । प्राज्ञिक समस्याका रूपमा नेपाली वैयाकरण परम्परामा वाक्यको महनीय स्थान छ भन्ने निरूपण गर्ने उद्देश्य किटान गरिएको छ । सामग्री सङ्कलन तथा विश्लेषणका क्रममा पुस्तकालयीय अध्ययनको उपयोग गरी विश्लेषण गरिएको छ । सैद्धान्तिक पर्याधारका रूपमा पूर्वीय–पाश्चात्य व्याकरणात्मक सिद्धान्तको प्रयोग गरिएको छ । यसअघि भए–गरिएका पूर्वकार्यको सामान्य चर्चा गरी विश्लेषणतर्फ अघि बढिएको छ । वाक्यको परिचय रचना पद्धतिलगायतका विश्लेषणीय पक्षलाई अँगाल्दै वाक्यमा प्रयुक्त विभिन्न घटकहरूको विश्लेषण गरिएको छ र वाक्यमा विभिन्न घटक हुन्छन् भन्ने निष्कर्ष निकालिएको छ ।
माधव Madhav लम्साल Lamsal Copyright (c) 2024 2024-05-21 2024-05-21 6 11 87 95 10.3126/pb.v6i11.66014 नरेन्द्र दाइ उपन्यासको विवक्षा https://nepjol.info/index.php/PB/article/view/66013
‘नरेन्द्र दाइ’ उपन्यासमा मनोवैज्ञानिक प्रवृत्तिको निरूपण गर्ने सिलसिलामा उपन्यासकार विश्वेश्वरप्रसाद कोइरालाको सामान्य परिचय दिइएको छ । अलग–अलग शीर्षक राखी विषय परिचयमा विषयवस्तु खुलाउन ‘नरेन्द्र दाइ’ उपन्यासको कथावस्तुलाई सामान्य चिनारीका रूपमा प्रस्तुत गरिएको छ । मनोविज्ञानको सामान्य परिचय दिई त्यसका उपकरणको सामान्य चर्चा गर्दै एउटा पुरुषका पत्नी र प्रेमिका बीचको सटीक चर्चा गरिएको छ । प्राज्ञिक समस्याका रूपमा ‘नरेन्द्र दाइ’ उपन्यासमा कुन मनोविज्ञानको प्रयोग गरिएको छ भन्ने समस्या राखी ‘नरेन्द्र दाइ’ उपन्यासमा प्रयुक्त असामान्य मनोविज्ञान वा मनोविज्ञानको विशिष्ट पक्षको निरूपण गर्ने उद्देश्य किटान गरी विश्लेषण गरिएको छ । यस आलेखमा सैद्धान्तिक पर्याधारका रूपमा पाश्चात्य वाङ्मयको मनोविश्लेषणात्मक पद्धतिको प्रयोग गरिएको छ । यसअघि भए गरिएका पूर्वकार्यको सामान्य चर्चा गरी विश्लेषणीय पक्षलाई अँगाल्दै उक्त उपन्यासमा प्रयुक्त औपन्यासिक प्रयोग गरी वियोगान्त उपन्यास हो भन्ने निष्कर्षमा पुगिएको छ ।
माधवप्रसाद Madhavprasad खतिवडा Khatiwada Copyright (c) 2024 2024-05-21 2024-05-21 6 11 96 105 10.3126/pb.v6i11.66013 अन्तर्मनको यात्रामा मृत्युबोध https://nepjol.info/index.php/PB/article/view/66022
अन्तर्मनको यात्रामा प्रस्तुत गरिएको मृत्युबोध अथवा मृत्युिचन्तनको विश्लेषण गरी प्राप्त भएको निचोड प्रस्तुतसम्बन्धीमान्यताको विश्लेषण गर्दा प्राप्त भएको मुख्य पक्ष के हो भने जन्मेपछि मृत्युसहज प्रक्रिया हो मानव हुन् या प्राणी तिनकोमृत्यु निश्चित छ । हामीलाई मृत्यको बोध छ तर पटकपटक सम्झाउनु पर्छ । हामीले मृत्युलाई सहजै स्वीकार गर्न सक्ने स्थितिमा पुग्नका लागि ज्ञानबाट नै सम्भव छ जीवनको अन्तिम अवस्थामा आफूले गरेका कर्मबोध गरी असल कर्मलाई मनन गर्दै चित्त वा मन नै सम्पूर्ण किसिमका भय, बन्धन र यसको समान्यीकरण गर्न सके अन्तिम अवस्थामा सरल मृत्यु प्राप्त हुन सक्दछ । ज्ञानद्वारा नै मृत्युबोध गर्न सके मात्र मृत्यु भयबाट मुक्त हुन्छ भन्ने कुरा नै यस लेखको निचोड हो र मृत्युसम्बन्धी विभिन्न स्रोतद्वारा मृत्युबोधको प्रस्तुत गर्नु यस लेखको प्रमुख उद्देश्य हो । आफ्नो जीवनको दुखपूर्ण दिन र मृत्युको दिनगन्ती सुरु भइसकेपछि जीवनमा भोगेको अनगिन्ती आरोह–अवरोहलाई सम्झदै भोग्दै पीडापूर्वक बिताएका पललाई ‘अन्तर्मनको यात्रा’मा समेटेका छन् । जीवनको अन्तिम अवस्थामा (माइलोमा) रक्तक्यान्सरको कीमो उपचार गर्दा भोग्नुपरेको अत्यन्त कष्टप्रद पललाई अभिव्यक्त गरिएको छ । मृत्युलाई नजिकबाट बोध गरेर मृत्युका कुरामा दार्शनिक पक्षलाई समावेश गरी अन्तिम सत्यलाई आत्मसात् गर्दै सुखद्पूर्ण मृत्यु अँगाल्न आग्रहसमेत गरेका छन् भन्ने निष्कर्ष निकालिएको छ ।
बद्रीप्रसाद Badriprasad ढकाल Dhakal Copyright (c) 2024 2024-05-21 2024-05-21 6 11 106 115 10.3126/pb.v6i11.66022 बहुभाषिकताको सामाजिक प्रभाव https://nepjol.info/index.php/PB/article/view/66026
प्रस्तुत लेख बहुभाषिकताको सामाजिक प्रभावको वर्तमान स्थितिको विश्लेषणमा केन्द्रित रहेको छ । प्रमुख उद्देश्य सामाजिक विकासमा बहुभाषिकताको प्रभाव पहिल्याउन र त्यसप्रति बहुभाषिकताको प्रभावबारे शिक्षकहरूको दृष्टिकोण पहिचान गर्नु रहेको छ । लेखमा गुणात्मक अनुसन्धान ढाँचा साथै व्याख्यान विधिको उपयोग गरिएको छ । यसका लागि उद्देश्यम्ृलक नमुना छनोटका आधारमा सहभागी पहिचान गरी अन्तर्वार्ता तथा खुला प्रश्नावलीका सहायताले तथ्यको सङ्कलन गरिएको छ । अध्ययनका क्रममा प्राप्त ज्ञान तथा अनुभवसमेतको आधार मानेर स्तरीय बनाउने प्रयास गरिएको छ । बहुभाषिकताले घर, परिवार, समाज, समुदाय राष्ट्रलाई मात्र नभई विश्वव्यापी रूपमा प्रभाव पार्ने गरेको तथा समाज परिवर्तनका लागि परेको सकारात्मक प्रभावले अझ उचाइमा पु¥याएको महसुस भएको छ । बहुभाषिकताले शैक्षिक क्षेत्रमा पारेको सकारात्मक प्रभावले समाजमा परिवर्तन चाहेको त्यसका लागि विद्यार्थी र शिक्षकको सकारात्मक व्यवहारले भाषाको संरक्षण, सम्वद्र्धन र विकासमा सहयोग पुग्नसक्ने सहभागीबाट प्राप्त तथ्यका आधारमा निष्कर्ष पहिचान गरिएको छ ।
भगवती Bhagawati अधिकारी Adhikari Copyright (c) 2024 2024-05-21 2024-05-21 6 11 116 123 10.3126/pb.v6i11.66026 आई. ए. रिचर्डसका मलूभूत साहित्य सिद्धान्तहरू https://nepjol.info/index.php/PB/article/view/66032
आई. ए. रिचर्डसका ‘मूल्य सिद्धान्त, सम्प्रेषण सिद्धान्त र कल्पना सिद्धान्तजस्ता साहित्य सिद्धान्तलाई सङ्क्षिप्त एवं प्रस्टरूपमा प्रस्तुत गर्ने उद्देश्यमा केन्द्रित यस लेखका लागि पुस्तकालयीय सा्रेतबाट सामग्री सङ्कलन गरिएको छ रयसरी सङ्कलित सामग्रीको विश्लेषण गरेर सिद्धान्तको परीक्षण गरिएको छ । यस लेखमा सर्वप्रथम रिचर्डसको सङ्क्षिप्त परिचय दिनुका साथै उनका सिद्धान्तहरूको पृष्ठभूमि प्रस्तुत गरिएको छ र अन्त्यमा आन्तरिक सन्तुलनका कारण थोरैभन्दा थोरै एषणा, अनुभूति वा आवेगहरू विफल, परित्यक्त, दमित वा वर्जित हुने हुँदा कलाकारकै मनोव्यवस्थालाई उच्चतम ठान्ने रिचर्डस मध्यमार्गी देखिए पनि दश–दशमांस आवेगहरूको स्थायी विश्रान्तिको स्थितिको प्राप्ति प्रज्ञामा स्थित नरहेसम्म अर्थात् पूर्ण रूपमा साक्षी वा स्थितप्रज्ञ नबनेसम्म सम्भव नै हुँदैन भन्ने कुरामा अनभिज्ञ नै देखिन्छन् । रिचर्डसले पाठक साहित्यकारजति व्युत्पत्तिसम्पन्न, बहुश्रुत तथा बहुविज्ञ नभएको स्थितिमा सम्प्रेषणमा कठिनाइ आइपर्ने र सम्प्रेष्यता कमजोर हुने अवस्था आउनसक्ने सम्भावना रहे पनि सम्प्रेषणका दृष्टिले कृति प्रभावकारी हुनाको प्रमुख कारण रुपतात्विक विशेषता रहेको र यदाकदा नयाँ सामाजिक अभिवृत्तिका विकासले उच्च मूल्यका कृति पनि कम लोकप्रिय हुन सक्ने कुरा पनि औँल्याएका छन् । रिचर्डसले विरुद्ध वा विसंवादी महत्व/गुणहरूबीच सन्तुलन/समन्वय कायम गर्ने संश्लेषणात्मक शक्तिका रूपमा कल्पनालाई चिनाउँदै विरेचन प्रक्रियालाई पनि मूल्य सिद्धान्त तथा कल्पना सिद्धान्तसँग जोडेर पुनव्र्याख्या गर्ने प्रयत्न गरेका छन् । उनले कलरिजको कल्पना सिद्धान्त र आफ्नै मूल्य सिद्धान्तको व्याख्याका निम्ति सर्वोत्कृष्ट उदाहरणका रूपमा दुःखान्त नाटकलाई ग्रहण गरेका छन् किनभने त्रास र करूणाजस्ता परस्पर विपरीत आवेगहरूको सन्तुलन, सामञ्जस्य तथा समाहिति दुःखान्त नाटकमा जति समृद्ध रूपमा अन्यत्र भेटिँदैन । यसरी कल्पना सिद्धान्तमा मूल्यवादी रिचर्डस, कल्पनावादी कलरिज र विरेचनवादी अरिस्टोटलजस्ता तीन महान् चिन्तकहरूको सैद्धान्तिक मिलन भएको छ भन्ने निष्कर्ष दिइएको छ ।
यादवप्रसाद Yadavprasad शर्मा Sharma Copyright (c) 2024 2024-05-21 2024-05-21 6 11 124 134 10.3126/pb.v6i11.66032 ‘मैनबत्तीको शिखा’ कवितामा लयविधान https://nepjol.info/index.php/PB/article/view/66036
प्रस्तुत लेखमा भूमि शेरचनकृत ‘मैनबत्तीको शिखा’ कवितामा लयविधानको खोजी गरिएको छ । प्रस्तुत कवितामा प्रयुक्त लयविधानको खोजी प्रस्तुत लेखको मुख्य विषय सन्दर्भ रहेको छ । पङ्क्तिगत विन्यास, आवृत्ति वा समानान्तरता, विचलन, लेख्य चिन्हहरूको प्रयुक्ति तथा शब्दहरूको खण्डीकरणजस्ता सन्दर्भले कवितामा लय निर्माण भएको छ । भाषाद्वारा सृजना हुने लयलाई कविताको सङ्कथन विश्लेषणको महत्वपूर्ण आधारको रूपमा लिइन्छ । नारीको जीवन सन्दर्भका साथै मानवको जीवन चक्रको भावलाई विशिष्ट मुक्तलयका माध्यमबाट यस कवितामा प्रस्तुत गरिएको छ । यस अध्ययनमा गद्य कविताको लय विधानगत सैद्धान्तिक स्वरूपका आधारमा प्रस्तुत ‘मैनबत्तीको शिखा’ कविताको विश्लेषण गरिएको छ ।
राजिन Rajin पनेरु Paneru Copyright (c) 2024 2024-05-21 2024-05-21 6 11 135 141 10.3126/pb.v6i11.66036 ‘हरिदत्त’ कथामा आख्यान तत्व https://nepjol.info/index.php/PB/article/view/66064
प्रस्तुत लेख विश्वेश्वरप्रसाद कोइरालाद्वारा रचित ‘हरिदत्त’ कथामा प्रयुक्त आख्यान तत्वको अध्ययनमा केन्द्रित रहेको छ । विश्वेश्वरप्रसाद कोइराला आधुनिक नेपाली आख्यान साहित्यअन्तर्गत सामाजिक, मनोवैज्ञानिक, यथार्थवादी कथाकार हुन् । ‘हरिदत्त’ कथा कोइरालाको उत्कृष्ट यौन मनोवैज्ञानिक कथाहरूमध्येको एउटा महत्वपूर्ण कथा हो । यसमा एकातिर हरिदत्तको दमित र कुण्ठित यौनमनोविज्ञानको चित्रण गरिएको छ भने अर्कोतिर उसको मनमा व्याप्त निराशाको भाव र अस्थिर मनस्थितिको पनि सरल र रोचक शैलीमा वर्णन गरिएको छ । ‘हरिदत्त’ कथामा आख्यान तत्वको उपयोग के कसरी गरिएको छ भन्ने जिज्ञासालाई मूल समस्याका रूपमा लिएर उक्त कथामा प्रयुक्त आख्यानतत्त्वको विश्लेषण गर्ने उद्देश्य यसमा राखिएको छ । पुस्तकालय अध्ययनद्वारा सामग्री सङ्कलन गरी विश्लेषण विधिको प्रयोगबाट कथाको तत्वगत अध्ययन गरी निर्धारित तत्वहरूलाई कुशलताका साथ प्रयोग गरी कथालाई उत्कर्षमा पुर्याइएको छ । कथामा प्रयुक्त आख्यान तत्वलाई हेर्दा विश्वेश्वरप्रसाद कोइरालाको हरिदत्त कथामा पुरुष यौनमनोविज्ञानलाई सूक्ष्म ढङ्गबाट केलाएर प्रस्तुत गरिएको यस अध्ययनबाट निष्कर्ष निकालिएको छ ।
सुशिला ढकाल Sushila Dhakal अधिकारी Adhikari Copyright (c) 2024 2024-05-21 2024-05-21 6 11 142 148 10.3126/pb.v6i11.66064 पर्दाभित्र... उपन्यासमा पात्रविधान https://nepjol.info/index.php/PB/article/view/66069
प्रस्तुत लेख गङ्गाप्रसाद भेटवालद्वारा लिखित पर्दाभित्र.....उपन्यासमा पात्रहरूको भूमिका र संयोजनमा आधारित छ । उपन्यासमा प्रयुक्त पात्र र तिनको भूमिकाका आधारमा अध्ययन गरी तिनै प्रकारका पात्रहरूको विश्लेषण गरिएको छ । यस उपन्यासमा मुख्य पात्रहरूमा पनि मुख्य भूमिका वसन्ते, ज्योतिषिबाबा र ज्योतिषिआमाका रहेका छन् । पात्र संयोजनको प्रमुख भूमिका निर्वाह गराउन खनाल अङ्कलको भूमिका रहेको छ । यसरी यी चार पात्रको माध्यमबाट कथानकले मुख्य गन्तव्यसम्म पुग्ने संयोग जुराएको छ । यसैगरी सहायक पात्रहरूमा चौथो परिच्छेददेखि पन्ध्रौँ परिच्छेदसम्म आएका पात्रहरू वकिल, पूर्व न्यायाधीश, साहुजी, महिला, सरला, विक्रम, सेवाग्राही, डम्बरध्वज, पिताम्बरजी, तिवारीजी, प्रोफेसर, डाक्टर लगायतका पात्रहरू रहेका छन् । अति गौण पात्रको रूपमा सुन्दर लावती, तुङ्गनाथ उपाध्याय लगायतका पात्रहरू रहेका छन् । यी सबै पात्रहरूको संयोजनबाट पर्दाभित्र... उपन्यास पात्रविधानका दृष्टिकोणबाट उत्कृष्ट उपन्यास रहेको ठहरिन्छ । यो उपन्यासले हाम्रो समाजमा स्वस्थ, शिक्षित, सक्षम युवा पुस्ता पनि रहेका छन् तर तिनीहरू यो समाज बदल्नलाई सक्रिय रूपले अगाडि निक्ली नसकेको अवस्था भएको कारणले वसन्तेको माध्यमबाट ती समस्त युवाहरूलाई देशको चौतर्फी विकास गर्न, संस्कृतिको संरक्षण गर्न र नेपाली पहिचानलाई सुदृढ बनाउन अगाडि आउन आह्वान गरिएको छ भन्ने निष्कर्ष निकालिएको छ ।
हरिप्रसाद Hariprasad तिमिल्सिना Timilsina Copyright (c) 2024 2024-05-21 2024-05-21 6 11 149 158 10.3126/pb.v6i11.66069 A Systematic and Observational Study of Good Time Management https://nepjol.info/index.php/PB/article/view/66071
This present research article delves into the intricate landscape of time management, dissecting its significance, challenges, and the transformative potential it holds for individuals seeking enhanced productivity and life satisfaction. The study navigates through the benefits of effective time management, ranging from increased productivity and improved work-life balance to stress reduction and goal achievement. Common obstacles, including procrastination and lack of prioritization, are identified and addressed with practical strategies. The article unfolds a comprehensive set of strategies for effective time management, emphasizing prioritization, planning, and the utilization of tools. Special attention is given to overcoming procrastination, a pervasive hindrance to optimal time utilization, with actionable tips to foster proactive behavior. Additionally, the research offers insights into the creation of a personalized time management plan, encouraging individuals to tailor strategies to their unique needs and goals. Concluding with a call to action, the article motivates readers to commit to change, implement strategies gradually, and share their time management journey. A curated list of additional resources provides avenues for further exploration, ensuring a continuous learning process for individuals seeking to master the art of time management. This research article serves as a valuable guide for those striving to navigate the complexities of modern life with intentionality, purpose, and effective time utilization.
Bhim Prasad Sharma Copyright (c) 2024 2024-05-21 2024-05-21 6 11 159 167 10.3126/pb.v6i11.66071 A Textual Study of Inspirational Autobiography Wings of Fire of APJ Abdul Kalam https://nepjol.info/index.php/PB/article/view/66074
This research paper aesthetically focuses on Avul Pakir Jainulabdeen Abdul Kalam’s (Kalam was the 11th president of India, 2002 to 2007) early struggle for education, success and analyses how his autobiography Wings of Fire turns out to be a source of motivation for millions of people not only in India but also across the globe. The struggle of Kalam as a student and of success as a scientist is a remarkable story for millions of people. His autobiography is replete with many inspirational episodes and teachings for transforming nation and its people. The present study highlights Kala’s lessons for people to be humble, receptive, self-reliant, and resourceful and above all a true heart in course of life.
Rattan Reule Copyright (c) 2024 2024-05-21 2024-05-21 6 11 168 179 10.3126/pb.v6i11.66074