सुम्निमा उपन्यासको विधातात्त्विक विश्लेषण
DOI:
https://doi.org/10.3126/pb.v6i12.70517Keywords:
सम्मिश्रण, स्वीकारोक्ति, आख्यकी, विलक्षणता, सर्वनाशAbstract
विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित सुम्निमा (२०२७) उपन्यासमा मिथकका रूपमा पौराणिक उपकथालाई जोडेर नेपालको सामाजिक सांस्कृतिक घटनाको चित्रण गरिएको छ । यसमा दुई भिन्न संस्कृति आर्य सभ्यता र किरात सभ्यतालाई मूल कथ्य बनाई ती दुई सभ्यताको सम्मिश्रण गरी समन्वयवादी दृष्टिकोण प्रस्तुत गरेका छन् । नियम साधित आर्य सभ्यताको अतिकठोर अनुशासन एवम् उन्मक्तु उडान भर्ने किरात सभ्यताको स्वच्छन्दताको सम्मश्रण नै मानवीय सभ्यताको मूल जरो बनेको स्वीकारोक्ति उपन्यासकार कोइरालाले यस उपन्यासमा व्यक्त गरेको पाइन्छ । प्राज्ञिक समस्याका रूपमा सुम्निमा उपन्यासमा कस्तो प्रकारको दर्शन प्रयोग गरिएको छ । समस्या राखी सुम्निमा उपन्यासमा प्रयुक्त वेदान्त दर्शनको निरूपण गर्ने उद्देश्य क्रममा पुस्तकालयीय अध्ययनको उपयोग गरी विश्लेषण पाश्चात्य दर्शन सिद्धान्तको प्रयोग गरिएको छ । यसअघि भए गरिएका पूर्वकार्यको सामान्य चर्चा गरी विश्लेषण तर्फ अघि बढिएको छ । सुम्निमा उपन्यासको परिचय रचना गर्न लगायतका विश्लेषणीय पक्षलाई अँगाल्दै उक्त उपन्यासमा प्रयुक्त विषयवस्तु, पात्र वा चरित्रचित्रण, भाषाशैली, उद्देश्य, वातावरण (परिवेश) आदिको विश्लेषण गरिएको छ र सुम्निमा उपन्यास समन्वयवादी उपन्यास हो भन्ने निष्कर्षमा पुगिएको छ ।