एकान्त कथामा अनुभूतिको संरचना

Authors

  • Sharada Pandey

DOI:

https://doi.org/10.3126/pb.v6i12.70504

Keywords:

अधीनस्थ, अनुभूति, पिँढी, दबाब, समाजशास्त्र

Abstract

प्रस्तुत अध्ययन साहित्यको समाजशास्त्रसँग सम्बन्धित छ । साहित्यको समाजशास्त्रीय चिन्तनमा आधारित विभिन्न दृष्टिकोणहरूमध्ये अनुभूतिको संरचना बेलायती समाजशास्त्री रेमण्ड विलियम्सद्वारा प्रतिपादित समाजशास्त्रीय अवधारणा हो । यसले कृतिमा समाजका मुख्य तीन पिँढीका बीच अन्तर्सम्बन्ध र क्रियाप्रतिक्रिया हुने र त्यस प्रक्रियामा समुदायले गर्ने विशिष्ट दबाबजन्य अनुभूतिको अभिव्यक्ति कलाकृतिमा हुने अनि पिँढी वा समुदाय तथा तिनका अनुभूतिको अधययनबाट समाज विशेषको सांस्कृतिक स्थिति र सामाजिक परिवर्तनको प्रक्रिया थाहा पाउन सकिन्छ भन्ने मान्यता राख्दछ । यस अध्ययनमा यही मान्यताका आधारमा ‘एकान्त’ कथाको विश्लेषण गरिएको छ । प्रस्तुत कथामा डाक्टर, शङ्करदेव, मास्टर देवलाल जस्ता प्रभुत्वशाली पिँढीले समुदायको प्रभुत्व समाजमा स्थापित गरेको र यसबाट ‘ऊ’ पात्र, श्रीमती र छोरो अधीनस्थ पिँढी वा समुदाय मानसिक र सामाजिक रूपमा शोषित भई अकालमै मृत्युवरण गर्न बाध्य भएको नेपाली समाजको वास्तविकता चित्रण भएको तथ्य अध्ययनबाट प्राप्त भएको छ । त्यस्तै कथामा प्रभुत्वशाली पिँढीले आफ्नो प्रभुत्व कायम राख्ने प्रयासका सन्दर्भमा अधीनस्थ पिँढी तनाव र दबाब खेप्न बाध्य भएको कुराको पुष्टि ‘ऊ’ पात्रका माध्यमबाट हुन्छ भन्ने निष्कर्ष पनि अध्ययनबाट प्राप्त भएको छ ।

Abstract
77
PDF
55

Downloads

Published

2024-10-04

How to Cite

Pandey, S. (2024). एकान्त कथामा अनुभूतिको संरचना. Prajnik Bimarsha प्राज्ञिक विमर्श, 6(12), 120–126. https://doi.org/10.3126/pb.v6i12.70504

Issue

Section

Articles