विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा आख्यानकला
DOI:
https://doi.org/10.3126/pb.v6i12.70495Keywords:
आख्यानको सम्प्रेषण, आख्यानको संयोजन, कथा, कथानक, समाख्याताAbstract
प्रस्तुत लेख विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा आख्यानकलाको अध्ययनमा केन्द्रित छ । उपन्यासमा कथा सर्वाधिक महत्त्वपुर्ण हो । कथाकथन नै उपन्यासको मुख्य पक्ष हो । उपन्यासको कथाकथन घटनावर्णनमा आधारित हुन्छ । विशेष क्रममा घटनाहरूको शृङ्खला नै आख्यान हो । आख्यानमा घटनाको व्यवस्थापन र कथासम्प्रेषणको प्रक्रिया पर्दछन् । कथा आख्यानको महत्त्वपूर्ण अङ्ग हो । कथा घटनाहरूको कालक्रमिक शृङ्खला हो । उपन्यासको कथा कल्पना र सम्भावनाका आधारमा संयोजन गरिएको हुन्छ । नाटकका सन्दर्भमा आख्यानकलालाई संस्कृत नाट्यशास्त्रमा वस्तु र प्राचीन ग्रिसेली नाट्यशास्त्रमा कथानक भनिएको पाइन्छ । त्यसलाई आख्यानशास्त्रमा कथाशृङ्खला भनिएको पाइन्छ । आख्यानशास्त्रको विकास संरचनावादी विद्वान्हरूले गरेका हुन् । रुसी रूपवादबाट आरम्भ भएको आख्यानको पाठकेन्द्री अध्ययन फ्रान्सेली संरचनावादमा आख्यानशास्त्रका रूपमा विकसित भएको देखिन्छ । समाख्याशास्त्रमा आख्यान संरचनाका विविध पक्षको सूक्ष्म
विवेचन पाइन्छ । । त्यसै आधारमा यस लेखमा विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासको अधययन गरिएको छ । यसपूर्व कोइरालाका उपन्यासको अध्ययन विभिन्न आधारमा भए पनि आख्यानकलाका आधारमा नभएकाले यो अध्ययन गरिएको हो । प्रस्तुत अध्ययन गुणात्मक पद्धतिका आधारित छ । अध्ययनका लागि सामग्री सङ्कलन पुस्तकालयकार्यद्वारा गरिएको छ र सङ्कलित सामग्रीको विश्लेषण विषयवस्तु विश्लेषण विधिमा गरिएको छ । अध्ययनको सैद्धान्तिक ढाँचा आख्यानशास्त्रमा आधारित छ । आख्यानकलाका दृष्टिले कोइरालाका उपन्यास प्रभावकारी रहेका छन् भन्ने यस लेखको निष्कर्ष रहेको छ ।