‘हरिदत्त’ कथामा आख्यान तत्व
DOI:
https://doi.org/10.3126/pb.v6i11.66064Keywords:
वाणिज्य, यौनकुण्ठा, मनोवैज्ञानिक, आत्मिक, आख्यानAbstract
प्रस्तुत लेख विश्वेश्वरप्रसाद कोइरालाद्वारा रचित ‘हरिदत्त’ कथामा प्रयुक्त आख्यान तत्वको अध्ययनमा केन्द्रित रहेको छ । विश्वेश्वरप्रसाद कोइराला आधुनिक नेपाली आख्यान साहित्यअन्तर्गत सामाजिक, मनोवैज्ञानिक, यथार्थवादी कथाकार हुन् । ‘हरिदत्त’ कथा कोइरालाको उत्कृष्ट यौन मनोवैज्ञानिक कथाहरूमध्येको एउटा महत्वपूर्ण कथा हो । यसमा एकातिर हरिदत्तको दमित र कुण्ठित यौनमनोविज्ञानको चित्रण गरिएको छ भने अर्कोतिर उसको मनमा व्याप्त निराशाको भाव र अस्थिर मनस्थितिको पनि सरल र रोचक शैलीमा वर्णन गरिएको छ । ‘हरिदत्त’ कथामा आख्यान तत्वको उपयोग के कसरी गरिएको छ भन्ने जिज्ञासालाई मूल समस्याका रूपमा लिएर उक्त कथामा प्रयुक्त आख्यानतत्त्वको विश्लेषण गर्ने उद्देश्य यसमा राखिएको छ । पुस्तकालय अध्ययनद्वारा सामग्री सङ्कलन गरी विश्लेषण विधिको प्रयोगबाट कथाको तत्वगत अध्ययन गरी निर्धारित तत्वहरूलाई कुशलताका साथ प्रयोग गरी कथालाई उत्कर्षमा पुर्याइएको छ । कथामा प्रयुक्त आख्यान तत्वलाई हेर्दा विश्वेश्वरप्रसाद कोइरालाको हरिदत्त कथामा पुरुष यौनमनोविज्ञानलाई सूक्ष्म ढङ्गबाट केलाएर प्रस्तुत गरिएको यस अध्ययनबाट निष्कर्ष निकालिएको छ ।