आई. ए. रिचर्डसका मलूभूत साहित्य सिद्धान्तहरू
DOI:
https://doi.org/10.3126/pb.v6i11.66032Keywords:
विरोध–परिहार, विमुखता, एषणा, मनोवेग, मनोविज्ञानAbstract
आई. ए. रिचर्डसका ‘मूल्य सिद्धान्त, सम्प्रेषण सिद्धान्त र कल्पना सिद्धान्तजस्ता साहित्य सिद्धान्तलाई सङ्क्षिप्त एवं प्रस्टरूपमा प्रस्तुत गर्ने उद्देश्यमा केन्द्रित यस लेखका लागि पुस्तकालयीय सा्रेतबाट सामग्री सङ्कलन गरिएको छ रयसरी सङ्कलित सामग्रीको विश्लेषण गरेर सिद्धान्तको परीक्षण गरिएको छ । यस लेखमा सर्वप्रथम रिचर्डसको सङ्क्षिप्त परिचय दिनुका साथै उनका सिद्धान्तहरूको पृष्ठभूमि प्रस्तुत गरिएको छ र अन्त्यमा आन्तरिक सन्तुलनका कारण थोरैभन्दा थोरै एषणा, अनुभूति वा आवेगहरू विफल, परित्यक्त, दमित वा वर्जित हुने हुँदा कलाकारकै मनोव्यवस्थालाई उच्चतम ठान्ने रिचर्डस मध्यमार्गी देखिए पनि दश–दशमांस आवेगहरूको स्थायी विश्रान्तिको स्थितिको प्राप्ति प्रज्ञामा स्थित नरहेसम्म अर्थात् पूर्ण रूपमा साक्षी वा स्थितप्रज्ञ नबनेसम्म सम्भव नै हुँदैन भन्ने कुरामा अनभिज्ञ नै देखिन्छन् । रिचर्डसले पाठक साहित्यकारजति व्युत्पत्तिसम्पन्न, बहुश्रुत तथा बहुविज्ञ नभएको स्थितिमा सम्प्रेषणमा कठिनाइ आइपर्ने र सम्प्रेष्यता कमजोर हुने अवस्था आउनसक्ने सम्भावना रहे पनि सम्प्रेषणका दृष्टिले कृति प्रभावकारी हुनाको प्रमुख कारण रुपतात्विक विशेषता रहेको र यदाकदा नयाँ सामाजिक अभिवृत्तिका विकासले उच्च मूल्यका कृति पनि कम लोकप्रिय हुन सक्ने कुरा पनि औँल्याएका छन् । रिचर्डसले विरुद्ध वा विसंवादी महत्व/गुणहरूबीच सन्तुलन/समन्वय कायम गर्ने संश्लेषणात्मक शक्तिका रूपमा कल्पनालाई चिनाउँदै विरेचन प्रक्रियालाई पनि मूल्य सिद्धान्त तथा कल्पना सिद्धान्तसँग जोडेर पुनव्र्याख्या गर्ने प्रयत्न गरेका छन् । उनले कलरिजको कल्पना सिद्धान्त र आफ्नै मूल्य सिद्धान्तको व्याख्याका निम्ति सर्वोत्कृष्ट उदाहरणका रूपमा दुःखान्त नाटकलाई ग्रहण गरेका छन् किनभने त्रास र करूणाजस्ता परस्पर विपरीत आवेगहरूको सन्तुलन, सामञ्जस्य तथा समाहिति दुःखान्त नाटकमा जति समृद्ध रूपमा अन्यत्र भेटिँदैन । यसरी कल्पना सिद्धान्तमा मूल्यवादी रिचर्डस, कल्पनावादी कलरिज र विरेचनवादी अरिस्टोटलजस्ता तीन महान् चिन्तकहरूको सैद्धान्तिक मिलन भएको छ भन्ने निष्कर्ष दिइएको छ ।