वाक्य विश्लेषणको स्वरूप र प्रक्रिया
DOI:
https://doi.org/10.3126/pb.v6i11.66014Keywords:
प्रकारन्तर, संरचनास्तर, निर्विवाद, महाकाव्य, सखण्डAbstract
वाक्य विश्लेषण निरूपण लेखमा सर्वप्रथम वाक्यको सामान्य परिचय दिइएको छ । विषयवस्तुलाई प्रष्ट्याउन अलग–अलग उपशीर्षक राखी विषय परिचयमा विषयवस्तु खुलाउन ‘वाक्य विश्लेषण’ को विषयवस्तुलाई चिनारीका रूपमा प्रस्तुत गरिएको छ । वाक्यको आवश्यक तत्व योग्यता, आकाङ्क्षा र आसत्तिलाई सामान्य परिचय दिई त्यसका उपकरणको चर्चा गर्दै सरल वाक्य, संयुक्त वाक्य र मिश्रवाक्यको सटीक व्याख्या गरिएको छ । प्राज्ञिक समस्याका रूपमा नेपाली वैयाकरण परम्परामा वाक्यको महनीय स्थान छ भन्ने निरूपण गर्ने उद्देश्य किटान गरिएको छ । सामग्री सङ्कलन तथा विश्लेषणका क्रममा पुस्तकालयीय अध्ययनको उपयोग गरी विश्लेषण गरिएको छ । सैद्धान्तिक पर्याधारका रूपमा पूर्वीय–पाश्चात्य व्याकरणात्मक सिद्धान्तको प्रयोग गरिएको छ । यसअघि भए–गरिएका पूर्वकार्यको सामान्य चर्चा गरी विश्लेषणतर्फ अघि बढिएको छ । वाक्यको परिचय रचना पद्धतिलगायतका विश्लेषणीय पक्षलाई अँगाल्दै वाक्यमा प्रयुक्त विभिन्न घटकहरूको विश्लेषण गरिएको छ र वाक्यमा विभिन्न घटक हुन्छन् भन्ने निष्कर्ष निकालिएको छ ।