उत्तरवर्ती नेपाली कवितामा शब्द चयन

Authors

  • तुलसीप्रसाद Tulasiprasad गौतमः Gautam त्रिभुवनविश्वविद्यालय त्रिचन्द्र कलेज

DOI:

https://doi.org/10.3126/pb.v6i11.66006

Keywords:

प्रयुक्ति विविधता, शैली, अग्रभूमीकरण, चयन

Abstract

प्रस्तुत अध्ययन उत्तरवर्ती नेपाली कवितामा शब्द चयन के–कसरी भएको छ भन्ने कुरामा केन्द्रित रहेको छ । कवितामा चयनको अध्ययन शैलीविज्ञानबाट विकसित विधि वा पद्धति हो । यस पद्धतिमा साहित्यलाई भाषिक कला र चयन, अग्रभूमीकरण र प्रयुक्ति विविधतालाई शैलीचिह्नक मानिन्छ । चयनको अध्ययन शब्द, पदावली र वाक्य स्तरको अध्ययन हो । कवितामा प्रयुक्त शब्द, पदावली र वाक्यको चयन के–कसरी गरिएको छ भन्ने कुराको अध्ययनले कविको शैली र त्यस चयनको उद्देश्य प्राप्त हुन्छ । यस अध्ययनका लागि सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ र विश्लेष्य कवितालाई प्राथमिक सामग्रीका रूपमा लिइएको छ । चयनको सैद्धान्तिक व्याख्याका लागि प्रयोग गरिएका सन्दर्भ पुस्तकहरूलाई द्वितीयक सामग्रीका रूपमा लिइएको छ । उत्तरवर्ती चरणका नेपाली कवितामा प्राप्त चयनित शब्द, पदावली र वाक्यको विश्लेषण गुणात्मक विधिबाट गरिएको छ । यसका लागि पाठ विश्लेषण विधि अवलम्बन गरिएको छ । यस अध्ययनबाट उत्तरवर्ती नेपाली कवितामा शब्द, पदावली र वाक्यको चयन विशिष्ट रहेको निष्कर्ष प्राप्त भएकोछ ।

Downloads

Download data is not yet available.
Abstract
29
PDF
16

Author Biography

तुलसीप्रसाद Tulasiprasad गौतमः Gautam, त्रिभुवनविश्वविद्यालय त्रिचन्द्र कलेज

सहप्राध्यापक

Downloads

Published

2024-05-21

How to Cite

गौतमः Gautam त. T. (2024). उत्तरवर्ती नेपाली कवितामा शब्द चयन. Prajnik Bimarsha प्राज्ञिक विमर्श, 6(11), 61–68. https://doi.org/10.3126/pb.v6i11.66006

Issue

Section

Articles