विश्व राजनीतिमा वैज्ञानिक समाजवादी चिन्तनको प्रभाव

Authors

  • गोविन्दप्रसाद Govindaprasad मैनाली Mainali राजनीतिशास्त्र

Keywords:

समाजवादी व्यवस्था, वैज्ञानिक समाजवाद, समाजवादी क्रान्ति, जनवादी क्रान्ति, सोभियत युनियन

Abstract

यस आलेखमा विश्व राजनीतिमा वैज्ञानिक समाजवादी चिन्तनले पारेको प्रभावको अध्ययन गरिएको छ । आलेखमा रूसमा लेनिनले अक्टोवर समाजवादी क्रान्ति गर्दै समाजवाद स्थापना गरी सोभियत युनियनको गठन गरेपछि सोभियत युनियनले विश्व राजनीतिमा पारेको प्रभावलाई प्रमुख आधार मानिएको छ । लेनिनले सन् १९२२ मा समाजवादी व्यवस्थाको नयाँ प्रारूप सोभियत युनियनको अवधारणा ल्याई सोभियत युनियनको गठन गरेपछि यसको प्रभावमा र सहयोगमा विश्वका विभिन्न मुलुकमा समाजवादी क्रान्ति सम्पन्न भई समाजवादी व्यवस्था स्थापना भएको थियो । यस आलेख यसै विषयवस्तुमा केन्द्रित रही तयार पारिएको छ । यस आलेखमा विशेषतः मङ्गोलिया, हङ्गेरी, युगोस्लाभिया, चेकोस्लोभाकिया, पूर्वी जर्मनी, यमन, अफ्रिकी महादेशका विभिन्न मुलुक, कम्बोडिया, अफगानिस्तान, चीन, उत्तर–कोरिया, भियतनाम, लाओस, क्युवाजस्ता मुलुकमा सोभियत युनियनको र वैज्ञानिक समाजवादी चिन्तनको प्रभावमा कसरी समाजवादी क्रान्ति तथा जनवादी क्रान्ति सम्पन्न भई समाजवाद स्थापना तथा जनवाद स्थापना भई समाजवादका लागि मार्ग प्रशस्त भए भन्ने कुराको मिहिन, सूक्ष्म ढङ्गले सङ्क्षिप्त अध्ययन गरिएको छ । यस आलेख आगनात्मक विधिको प्रयोग गरी अध्ययन गरिएको छ भने यस आलेखको उद्देश्य विश्वमा वैज्ञनिक समाजवादी चिन्तनले पारेको प्रभावलाई प्रकाश पार्नु हो । यस आलेखको अध्ययनले विश्व राजनीतिमा वैज्ञानिक समाजवादी चिन्तनले पारेको प्रभावलाई राम्रोसँग बुझ्न सकिन्छ । 

Abstract
204
PDF
0

Author Biography

गोविन्दप्रसाद Govindaprasad मैनाली Mainali, राजनीतिशास्त्र

 अध्येता

Downloads

Published

2024-05-21

How to Cite

मैनाली Mainali ग. G. (2024). विश्व राजनीतिमा वैज्ञानिक समाजवादी चिन्तनको प्रभाव. Prajnik Bimarsha प्राज्ञिक विमर्श, 6(11), 23-35. https://doi.org/10.3126/pb.v6i11.65994

Issue

Section

Articles

How to Cite

मैनाली Mainali ग. G. (2024). विश्व राजनीतिमा वैज्ञानिक समाजवादी चिन्तनको प्रभाव. Prajnik Bimarsha प्राज्ञिक विमर्श, 6(11), 23-35. https://doi.org/10.3126/pb.v6i11.65994