राजेश्वरी खण्डकाव्यको तङ्खवगत विश्लेषणको आलोकमा पौरस्त्य दर्शन

Authors

  • धनकृष्ण उपाध्याय

DOI:

https://doi.org/10.3126/jotmc.v4i4.70260

Keywords:

साहित्यिक यात्रा, खण्डकाव्य, पौरस्त्य, मीमांसा दर्शन

Abstract

स्वच्छन्दतावादी भाव र परिष्कारवादी शिल्पका साथ कलम चलाउने माधव घिमिरे (वि. सं. १९७६)ले कविता, खण्डकाव्य, नाट्यकाव्य, गीत, बालगीत, निबन्ध, समालोचना जस्ता विभिन्न विधामा कलम चलाएका छन् । उनलाई नेपाली साहित्यमा परिचित गराउने प्रमुख कृति गौरी खण्डकाव्य हो । यसरी कवि घिमिरेलाई नेपाली पाठकबिच लोकप्रिय बनाउने पहिलो कृति खण्डकाव्य नै रहेको देखिन्छ । सर्वदर्शनमा स्नातक गरेका घिमिरेले गौरी, पापिनी आमा, राजेश्वरी, राष्टनिर्माता, धर्तीमाता, इन्दक्रुमारी, गौँथली र गजधम्मे तथा बोराको परदा गरी आठ वटा खण्डकाव्य प्रकाशित गरेका छन् । दर्शनबाट नै शिक्षित तथा दीक्षित घिमिरेले खण्डकाव्यमा पौरस्त्य वा पूर्वीय दर्शनका विविध विषयवस्तु समेटेका छन् । उनका अन्य काव्य झैँ ‘राजेश्वरी’ खण्डकाव्यमा पौरस्त्य दर्शनको प्रयोग भएको छ । खण्डकाव्यका कथानक, पात्र, परिवेश, जीवनदशर्न, भाषाशैली जस्ता प्रमुख तङ्खवहरूको विश्लेषणका साथै तिनमा पौरस्त्य दशर्नका प्रमुख विषय ब्रह्म, ईश्वर, आत्मा, प्रकृति र पुरुष, जगत्, विधि, कर्म जस्ता तङ्खवहरूको प्रयोगबारे पनि विश्लेषण गरिएको छ । राजेश्वरी खण्डकाव्यको तङ्खवगत विश्लेषणको आलोकमा पौरस्त्य दर्शन शीर्षकको यस लेखमा रहेका सैद्धान्तिक पक्षहरू पूर्वीय सिद्धान्त र मान्यतामा आधारित साहित्यशास्त्र र दर्शनशास्त्रका पुस्तकहरूका मूलभूत मान्यता ग्रहण गरिएको छ । उक्त मान्यताका आधारमा राजेश्वरी खण्डकाव्यका तङ्खवहरूको विश्लेषण गरिएको छ । उक्त सिद्धान्तको मियोमा रही ‘राजेश्वरी’ खण्डकाव्यको सुरुदेखि अन्तसम्म पटक पटक अध्ययन गरी तङ्खवगत विश्लेषण र पौरस्त्य दर्शनको प्रयोगसम्बन्धी अध्ययन गरिएको छ । सो अध्ययन गर्दा शोध अध्ययन विधि र पुस्तकालय विधिको प्रयोग गरिएको छ । सिद्धान्त र अध्ययनबाट ‘राजेश्वरी’ खण्डकाव्यको तङ्खवगत विश्लेषणका क्रममा दार्शनिक प्रयोगबारे उल्लेख गरी निष्कर्षमा पुग्ने प्रयास गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
18
PDF
14

Downloads

Published

2018-12-31

How to Cite

उपाध्याय ध. (2018). राजेश्वरी खण्डकाव्यको तङ्खवगत विश्लेषणको आलोकमा पौरस्त्य दर्शन. Journal of Tikapur Multiple Campus, 4(4), 145–151. https://doi.org/10.3126/jotmc.v4i4.70260

Issue

Section

Articles