अश्वत्थामा नाट्यकाव्यमा रस विधान

Authors

  • धनकृष्ण उपाध्याय

DOI:

https://doi.org/10.3126/jotmc.v2i2.69948

Keywords:

बैचारिक प्रेरणा, मानसिक प्रक्षेपण, पूर्वीय साहित्यशास्त्र, श्रृंगार, वीर

Abstract

रस सम्प्रदाय पूर्वीय साहित्यशास्त्रीय सिद्धान्तको जेठो सम्प्रदाय मानिन्छ । रसविनाको काव्य प्राणविनाको मानव सरह हुने कुरा पूर्वीय सात्यिशास्त्रीहरूले उल्लेख गरेको पाइन्छ । ‘वाक्यं रसात्मकं काव्यम’ भन्ने मान्यता पूर्वीय साहित्यशास्त्रको मूल मान्यता रहको देखिन्छ । पूर्वीय साहित्यशास्त्रका यिनै सिद्धान्तबाट प्रभावित कवि माधव घिमिरेका काव्यहरूमा रसको उचित प्रयोग भएको पाइन्छ । नेपाली साहित्यमा उनलाई रसवादी कविको रूपमा चिनाइन्छ । उनका कविता काव्यका साथै नाट्यकाव्य लखे नमा पनि महत्त्वपूर्ण योगदान रहको छ । पूवीर्य साहित्यमा नाट्यकाव्य वा गीतिनाटक भन्ने छुट्टैै विधाको उल्लखे भएको पाइँदैन । पाश्चात्य साहित्यको मेलोडा«मा, अपेरा र ब्याले भनिने विधाको नजिक रहेको श्रव्यदृश्य विधाअन्तगर्त पर्ने गयात्मक, भावनात्मक, सङगीतात्मक र द्वन्दात्मक विधा नाटय् काव्य हो । यसमा कथानक, पात्र, संवाद, गीत (कविता), द्वन्द्व, अभिनय, परिवेश, उद्देश्य, भाषाशैली, संरचना, रसविधान आदि तत्त्वहरू रहेका हन्ु छन् । यिनै सिद्धान्तका आधारमा रही कवि घिमिरले वि.सं.२०५३ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ( हालः नेपाल प्रज्ञा प्रतिष्ठान) बाट ‘अश्वत्थामा’ नाट्यकाव्य प्रकाशित गरके ा छन् । नाट्यकाव्यका तत्वहरूमध्ये अश्वत्थामा नाट्यकाव्यमा प्रयोग भएका रसहरूको चर्चा गरिएको छ । अश्वत्थामा नाटय् काव्यमा रसविधान शीषर्क को यस लेखमा रहेका सैद्धान्तिक पक्षहरू पूर्वीय सिद्धान्त र मान्यतामा आधारित पुस्तकहरूको अध्ययन गरी पूर्वीय साहित्यशास्त्रमा वर्णित शङगार, वीर, हास्य, करुण, रौद्र, भयानक, अदभुत, बीभत्स तथा शान्त रस गरी नौ वटा रसको सङक्षेपमा सद्धौन्तिक परिचय दिइएको छ । उक्त सिद्धान्तको मियोमा रही ‘अश्वत्थामा’ नाट्यकाव्यको सुरुदेखि अन्तसम्म पटक पटक अध्ययन गरी रस प्रयोगसम्बन्धी अध्ययन गरिएको छ । सो अध्ययन गर्दा शोध अध्ययन विधि र पुस्तकालय विधिको प्रयोग गरिएको छ । सिद्धान्त र अध्ययनबाट अश्वत्थामा नाट्यकाव्यमा रसविधानको के कस्तो छ अङगी रस तथा अङ्ग रसको निर्धारण गरी निष्कषर्मा पुग्ने प्रयास गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
27
PDF
18

Downloads

Published

2015-12-31

How to Cite

उपाध्याय ध. (2015). अश्वत्थामा नाट्यकाव्यमा रस विधान. Journal of Tikapur Multiple Campus, 2(2), 80–92. https://doi.org/10.3126/jotmc.v2i2.69948

Issue

Section

Articles