कालिकोटे भाषिका र मानक नेपाली भाषाका काल र पक्षको व्यतिरेकी अध्ययन
DOI:
https://doi.org/10.3126/jotmc.v1i1.69800Keywords:
भारोपेली भाषा परिवार, आग्नेली भाषा परिवार, भोट चिनियाँ भाषा परिवार, द्रबिडेली भाषा परिवार, भाषिकाAbstract
भाषा भत्राले भावाभिव्यञ्जन गर्ने माध्यमलाई बुझिन्छ । भाषाको मुख्य प्रयोग ध्वनिसङ्केतहरूको सहायताबाट भावको अभिव्यञ्जनका लागि हुन्छ । ध्वनि सङ्केतबाट मात्र भनाइको पूर्णता र स्पष्टता हुन सक्छ । भाषा शब्द संस्कृतको भाष् धातुबाट निष्पत्र भएको हो जसको अर्थ व्यक्तिवाणी हुन्छ । भाषाको कथ्यरूप नै मूल रूप हो । प्रत्येक भाषामा आफ्नै खाले शब्दभण्डार अर्थव्यवस्था र व्याकरणिक व्यवस्था हन्ु छ । समयको अन्तराल, भौगोलिक विकटता, सांस्कृतिक तथा राजनीतिक विविधता र बसाइँ सराइका कारणले भाषिक रूपमा विविधता आउँछ । तत्पश्चात् एउटै भाषाभित्र विभित्र भाषिकाहरूको प्रादुर्भाव हन्ु छ । यिनै भाषिकाहरूको समुच्चय नै भाषा हो भाषाको प्राचीनता र भौगोलिक दूरता जति बढ्यो त्यति नै बढी भाषिकाहरू जन्मने सम्भावना रहन्छ । समाजका सदस्यहरू आपसमा सञ्चार विनिमय गर्दा भाषिकाको नै प्रयोग गर्दछन् । भाषा प्रायः औपचारिक, स्तरीय र स्थिर प्रकृतिको हुन्छ भने भाषिका अनौपचारिक, स्वतःस्फूर्त र गतिशील हुन्छ । स्थानअनुसार भाषाका व्यवस्थामा सामान्य भित्रता पैदा हुन्छ । कुनै खास स्थानमा बसोबास गर्ने व्यक्तिहरूले बोल्ने भाषाको क्षेत्रीय रूप नै भाषिका हो । एउटै भाषिका बोल्ने व्यक्तिहरूको भाषाका उच्चारण, रूप, शब्दभण्डार, वाक्यगठन, अर्थ, व्याकरणिक कोटिहरूजस्ता समग्र व्यवस्थामा पूर्णतया समानता हुन्छ । यिनै आधारमा रही यहाँ कालिकोटे भाषिका र मानक नेपाली भाषाबिच काल र पक्षबिच तुलनात्मक अध्ययन गरिएको छ । कालिकोट जिल्लाका कोटबाडा, कुमालगाउँ, रकु, सिउना र नानीकोट गााविसहरूलाई प्रमुख अध्ययन क्षेत्र मानी क्षेत्रीय अध्ययन विधिको आधारमा व्यतिरेकी अध्ययन गरिएको छ । यस क्रममा अन्तवार्ता, छलफल र प्रश्नोत्तर गरी सामग्री सङ्कलन गरी प्राप्त सामग्रीलाई सत्यापन गरिएको छ । प्राप्त सामग्रीलाई शोध अध्ययन विधि र पुस्तकालयीय अध्ययन विधि प्रयोग गरी निष्कर्षमा पुग्ने प्रयास गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2014 The Author(s)
This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format, so long as attribution is given to the creator. The license allows for commercial use.