वर्तमान माध्यमिक नेपाली भाषा पाठ्यक्रमका विविध पक्षको पुनरावलोकन
DOI:
https://doi.org/10.3126/jotmc.v1i1.69788Keywords:
भाषा पाठ्यक्रम, प्राथमिक, निम्न माध्यमिक, उद्देश्य, विषयवस्तु, शिक्षण प्रक्रियाAbstract
पाठ्यक्रम शिक्षण सिकाइको योजना हो । यसले शिक्षण सिकाइलाई मार्गनिर्देश गर्दछ । भाषा पाठ्यक्रम भाषा सिकाइको योजना हो । यसका प्रमुख स्तम्भहरू पाठ्यक्रमको उद्देश्य विषयवस्तुको क्षेत्र र क्रम शिक्षण प्रक्रिया र मूल्याङ्कन प्रक्रिया हुन् । यसैगरी भाषा पाठ्यक्रमका अग्र भागमा पाठ्यक्रमको शीर्षक र पाठ्यक्रमको परिचय अनि पश्च सूचनाका रुपमा पाठ्यपुस्तक र सन्दर्भ पुस्तक स्तम्भ पनि रहेका हुन्छन् । यसरी भाषा पाठ्यक्रमका चारवटा प्रमुख र चारवटा परिधीय स्तम्भ रहेका हुन्छन् । सबै स्तम्भहरू उद्देश्यबाट निर्देशित हुन्छन् । यस लेखमा वर्तमान माध्यमिक तहको नेपाली भाषा पाठ्यक्रम (२०६४) को समीक्षा पाठ्यक्रमका तत्त्वहरूको आधारमा गरिएको छ । वतर्म ान माध्यमिक तहको नेपाली भाषा पाठ्यक्रमका तत्त्व वा स्तम्भहरूभित्र रहने सूचनाहरू के कति उपयुक्त र पर्याप्त छन् भन्ने कुरालाई पुस्तकालयीय विधि अपनाई वर्णन विश्लेषण गरिएको छ । यस लेखमा मुख्यतः पाठ्क्रमका चारवटा मुख्य स्तम्भ भित्र रहनु पर्ने विशेषतालाई आधार मानेर यी स्तम्भभित्रका सूचना के कसरी व्यवस्थित गरिएको छ भन्ने कुरालाई स्पष्ट गरिएको छ । अन्त्यमा भाषा पाठ्यक्रमका सहयोगी स्तम्भहरूका स्थितिको पनि पुनरावलोकन गरी निष्कर्ष र सुझाब प्रस्तुत गरिएको छ । पाठ्यक्रममा रहेका उद्देश्य र कतिपय पक्षहरू सबै समावेश गर्दा लेखको आयाम ठुलो बनने भएकाले सो कुरालाई समावेश गरिएको छैन ।
Downloads
Published
How to Cite
Issue
Section
License
This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format, so long as attribution is given to the creator. The license allows for commercial use.