लिखित अभिव्यक्ति शिक्षणको आवश्यकता, मौखिक अभिव्यक्तिसँगको सम्बन्ध तथा कमजोरी निराकरण र शुद्धीकरणका उपायहरु

Authors

  • माधव प्रसाद पौडेल त्रिभुवन विश्वविद्यालय

Keywords:

अनुलेखन, अभ्यास, कलात्मकता, गतिशील, कार्यबोझ

Abstract

कुनै पनि भाषिक अभिव्यक्तिका माध्यम मूलतः दुई किसिमका हुन्छन् - मौखिक र लिखित । अन्तर मनका भावनाहरुलाई ध्वन्यात्मक उच्चारणका माध्यमले व्यक्त गर्नुलाई मौखिक अभिव्यक्ति र विभिन्न दृश्यात्मक लिपि सङ्केतका माध्यमले व्यक्त गर्नुलाई लिखित अभिव्यक्ति भनिन्छ । सरल र छोटकरीमा भन्नु पर्दा भाषिक अभिव्यक्तिका यी दुई माध्यमलाई बोलाइ र लेखाइ पनि भनिन्छ । मौखिक र लिखित अभिव्यक्तिमा कतिपय प्रकारगत भिन्नता, सन्दर्भगत भिन्नता, स्वरूपगत भिन्नता र कार्यगत भिन्नता आदि देखिए पनि यी दुई अभिव्यक्ति निरपेक्ष नभई सापेक्ष मानिन्छन् र एकले अर्को अभिव्यक्तिको प्रवर्धन र परिष्कारमा सहयोगी भूमिका खेलेका हुन्छन् । भाषाका उक्त दुबै अभिव्यक्ति कलाहरु उत्तिकै महत्त्वपूर्ण हुँदाहुँदै पनि यस लेखमा मौखिक अभिव्यक्तिलाई नभई लिखित अभिव्यक्ति शिक्षणको परिचय, शिक्षणका आवश्यकता, मौखिक अभिव्यक्तिसँगको सम्बन्ध, लिखित अभिव्यक्तिमा देखा पर्ने विविध कमजोरी र तिनका निराकरणका उपायहरु खोज्ने प्रयास गरिएको छ । यसका साथै भाषाका विविध सिप शिक्षणका दृष्टिले लिखित अभिव्यक्तिको शुद्धीकरणको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका रहने भएकाले तत् सम्बन्धी थप उपायहरु समेत खोजेर सिफारिस गरी लिखित अभिव्यक्ति शिक्षणलाई फलदायी एवम्
उचित गन्तव्यमुखी बनाउने सुझ र समझदारी बढाउने जमर्को समेत गरिएको छ ।

Abstract
82
PDF
26

Author Biography

माधव प्रसाद पौडेल , त्रिभुवन विश्वविद्यालय

सहप्राध्यापक

Downloads

Published

2014-05-01

Issue

Section

Articles

How to Cite

पौडेल म. प. (2014). लिखित अभिव्यक्ति शिक्षणको आवश्यकता, मौखिक अभिव्यक्तिसँगको सम्बन्ध तथा कमजोरी निराकरण र शुद्धीकरणका उपायहरु. Journal of Tikapur Multiple Campus, 1(1), 54-69. https://doi.org/10.3126/jotmc.v1i1.69786