भाषामा अवलम्बन, स्वीकरण र अपक्षयको स्थिति {The state of adherence, acceptance and degradation in language}
DOI:
https://doi.org/10.3126/jotmc.v5i1.46659Keywords:
स्वीकरण, सामाजिक संरचना, भाषिक भेद, अवलम्बन, अपक्षयAbstract
यस अनुसन्धानमूलक लेखमा सामाजिक भाषाविज्ञान र भाषामा अवलम्बन, स्वीकरण र अपक्षयको स्थितिका बारेमा अध्ययनमा गरिएको छ । मानिस सामाजिक प्राणी भएकाले उसले समाजमै भाषिक सिपहरू सुन्ने, बोल्ने, पढ्ने र लेख्नेगर्दछ । समाज भन्दा अलग रहेर व्यक्तिले भाषाको आदनप्रदान गर्न सक्दैन । भाषा सामाजिक वस्तु भएकाले यसको प्रत्यक्ष सम्बन्ध प्रत्येक भाषाभाषी र समाजसँग रहेको हुन्छ । भाषाको उत्पत्ति प्रयोग र विकास समाजमा नै हुन्छ । यदि भाषाको प्रयोग समाजले गरेन भने त्यस भाषालाई जीवित मानिदैन । जीवित भाषा हुनलाई समाजले प्रयोग गर्नै पर्दछ । व्यक्तिले बोल्ने आदरार्थी शब्दको प्रयोगबाट उसको सामाजिक स्तर थाहा पाउन सकिन्छ । बच्चा जन्मेपछि उसले समाजबाटै भाषासिक्ने, समाजमै व्यवहार गर्ने र समाजमै प्रयोग गर्ने भएकाले भाषामा सामाजिक विशेषता भेटिन्छ । यस अध्ययनमा सुविधाजनक नमुना छनोट विधिबाट प्राप्त भएका सूचनाका आधारमा व्याख्या विश्लेषण गरिएको छ । भाषामा अवलम्बन, स्वीकरण र अपक्षयको स्थितिलाई यस अध्ययनमा दस्तावेजको अध्ययनबाट सामग्री सङ्कलन गरी विश्लेषण गरिएको छ । सामाजिक भाषाविज्ञानको पहिचान, प्रकृति, प्रभाव र भाषाको सामाजिक भेदको पहिचानका आधारहरू तथा भाषामा अवलम्बन, स्वीकरण र अपक्षयको स्थिति के कस्तो छ ? भन्ने प्रश्नमा केन्द्रित रहेर त्यसको व्याख्या विश्लेषण गरिएकोछ । यस लेखमा सामाजिक भाषाविज्ञानको पहिचान र भाषामा अवलम्बन, स्वीकरण र अपक्षयको स्थितिलाई मुख्य समस्या बनाएर अध्ययन गरिएको हुँदा सामाजिक भाषाविज्ञानका बारेमा अध्ययन अनुसन्धान गर्न चाहनेहरूका लागि यो लेखऔचित्यपूर्ण हुनेछ । सामाजिक भाषाविज्ञानको पहिचान गरी यसको प्रकृति, प्रभाव र भाषामा अवलम्बन, स्वीकरण र अपक्षयको स्थितिका बारेमा निश्चित ढाँचा तयार गरिएको छ । सामाजिक तत्वहरू धर्म, वर्ग, जात, जाति, संस्कृति, रीतिरिवाज, लिङ्ग उमेर, शिक्षा, पेसा, आदर, पद प्रतिष्ठा आदि कारणले सामाजिक भाषाविज्ञानलाई निर्धारण गर्दछ भन्ने यस अध्ययनको निष्कर्ष रहेको छ ।
Downloads
52
34
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.