‘नङ्गेली ब्लुज’ कविताको सङ्कथनात्मक अर्थ

Authors

  • Dipak Prasad Dhakal TU, Centeral Department of Nepali

Keywords:

अवधारणाका घटक, गत्यात्मक, तात्कालिक अवधारणा, प्रवेश विन्दु, स्थित्यात्मक

Abstract

प्रस्तुत लेख ‘नङ्गेली ब्लुज’ शीर्षक कविताको सङ्कथनात्मक अर्थ विश्लेषणमा आधारित छ । कवितालाई पाठका रूपमा लिएर कोशीय एकाइ तथा तिनको पाठगत सहसम्बद्धताका कोणबाट सङ्कथनात्मक अर्थ विश्लेषण गरिएको छ । विश्लेषणका क्रममा पुस्तकालयबाट प्राप्त प्राथमिक र द्वितीयक समाग्रीलाई तथ्यका रूपमा प्रयोग गरिएको छ । ती सामग्रीलाई अवधारणात्मक ढाँचा तथा ढाँचाअनुसारको विश्लेषण खाकामा प्रस्तुत गरी सत्यापनको तहसम्म पुगिएको छ । यसरी विश्लेषण गर्दा विश्वेषणको अवधारणामा निगमनात्मक र सत्यापनका सिलसिलामा आगमनात्मक विधिको क्रमिक रूपले प्रयोग गरिएको छ । कविताका पङ्तिलाई सूचनात्मक र सङ्केतात्मक बनाउने हेतुले सङ्ख्याङ्कन पद्धति प्रयोग गरी पङ्तिगत पुनरावृत्तिबाट हुने सीमालाई सम्बोधन गरिएको छ । ‘नङ्गेली ब्लुज’ कविताका पङ्ति नारी अस्मिता र अस्तित्व रक्षाका निम्ति समर्पित हुन नङ्गेलीले देखाएको बाटो, नाङ्गेलीमा विकसित भएको क्रान्तिचेतना, तत्कालीन शासकले शोषणमूलक रूपले चलाएका परिपाटी तथा तिनको सामना गर्नका निम्ति गरिएको अभूतपूर्व आँटलाई सघन बनाउने कोशीय योजनाले सुसम्बद्ध छन् । आज पनि नारीको अवस्था नङ्गेलीले बाँचेको युगकै जस्तो युगीन बरबरतामा आधारित छ । आजका नारीले आफ्नो मुक्तिका निम्ति नङ्गेली चेतनालाई आत्मसात् गर्नु पर्ने विचार यस कविताको सङ्कथन संरचनाले प्रस्तुत गरेको छ । शासक शोषणमूलक व्यवहारको संस्थापक निकाय हो । यसले आफ्नो प्रभुत्वको गलत प्रयोग गरी नारीलाई उपभोग र भोगको विषय बनाउने उन्नमाद धारण गर्न सक्छ । यस्तो अवस्था अनुभव भएमा वा यस्तो व्यवहारको शिकार बन्नु परेमा नङ्गेलीको जस्तै विद्रोहीचेतना आवश्यक रहेको विचार यस पाठको सङ्कथनात्मक अर्थको केन्द्र्र हो ।

Abstract
126
pdf
0

Downloads

Published

2024-06-30

How to Cite

‘नङ्गेली ब्लुज’ कविताको सङ्कथनात्मक अर्थ. (2024). The Journal of Knowledge and Innovation, 10(1), 80-85. https://doi.org/10.3126/jki.v10i1.70190

Issue

Section

Nepali Section (peer review)

How to Cite

‘नङ्गेली ब्लुज’ कविताको सङ्कथनात्मक अर्थ. (2024). The Journal of Knowledge and Innovation, 10(1), 80-85. https://doi.org/10.3126/jki.v10i1.70190