गौरी खण्डकाव्यमा करुण रस

Authors

  • Thakur Prasad Pokhrel Tribhuwan University,Department of Nepali

DOI:

https://doi.org/10.3126/jki.v10i1.55477

Keywords:

वियोग, शोक, सञ्चारीभाव, समाख्याता, स्थायीभाव

Abstract

गौरी खण्डकाव्यमा करुण रस शीर्षकको लेखमा गौरी खण्डकाव्यको रस सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । रसका विभिन्न प्रकारहरू मध्ये करुण रसका आधारमा यो काव्यको सिर्जना भएको पाइन्छ । काव्यमा तरुण अवस्थामै पत्नीको निधनबाट मर्माहत बनेका समाख्याताले वियोगको पीडा व्यक्त गरेका छन् । गौरी शिशु अवस्थाका छोरीलाई छाडेर मृत्यु वरण गरेपछि आफू विधुर बनेको कारुणिक वेदना प्रस्तुत भएको छ । प्रस्तुत काव्यमा सुरुदेखि अन्त्यसम्म शोकभावको सशक्त रूप रहेको पाइन्छ । खण्काव्य विश्लेषणका क्रममा यो लेख पूर्वीय रससिद्धान्तअन्तर्गत करुण रसमा केन्द्रित रहेको उल्लेख गरिएको छ । यहाँ सुन्दर पारिवारिक जीवनमा वियोगको वज्रपातबाट प्रताडित अवस्था मुख्य रूपमा रहेको छ । वियोगमा परेपछि प्रत्येक समय सम्झनाले सताइरहने गर्दाको पीडासँगै छोरीहरूले गरेको आमाको खोजीबाट समाख्याताको हृदय अझ व्यथित बनेको छ । “गौरी खण्डकाव्यमा करुण रस” लाई मुख्य समस्याका रूपामा लिएर गुणत्मक पद्धतिमा केन्द्रित रही लेख पूरा गरिएको छ । यहाँ विषय—परिचय, अध्ययनको विधि, विश्लेषणको सैद्धान्तिक आधार, गौरी खण्डकाव्यको विश्लेषणजस्ता उपशीर्षका माध्ययमबाट विश्लेषण गरी काव्य शोकभावयुक्त रहेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
75
pdf
66

Downloads

Published

2024-06-30

How to Cite

Pokhrel, T. P. (2024). गौरी खण्डकाव्यमा करुण रस. The Journal of Knowledge and Innovation, 10(1), 74–79. https://doi.org/10.3126/jki.v10i1.55477

Issue

Section

Nepali Section (peer review)