राइटरबाजे कथामा दृष्टिविन्दु

Authors

  • निर्मला ढकाल विद्यावारिधि शाेधार्थी
  • खगेश्वर भट्टराई भोजपुर बहुमुखी क्याम्पस भोजपुर

DOI:

https://doi.org/10.3126/jki.v9i2.55329

Keywords:

समाख्याता, समाख्यानात्मक, सम्बाेधक, अभिवृत्ति

Abstract

प्रस्तुत लेखमा राइटरबाजे कथाको दृष्टिविन्दुको अध्ययन भएको छ । व्यक्तिमन, प्रेम नियति र सामाजिक संरचनाले सृजना गरेको मानसिक अवस्थालाई मुख्य विषयवस्तु बनाएर लेखिएको यस कथामा कुन माध्यम र कसरी दृष्टिविन्दुको प्रयोग भएको छ भनेर खोजी गर्ने प्रयोजनमा यो अध्ययन केन्द्रित रहेको छ । यसका लागि कथाका मुख्य तत्वहरूमध्ये दृष्टिविन्दुलाई सैद्धान्तिक पर्याधारका रूपमा उपयोग गरिएको छ । प्रस्तुत अध्ययनलाई गुणात्मक अनुसन्धान ढाँचा र विश्लेषणात्मक विधि अवलम्बन गरी निष्कर्षमा पुर्‍याइएको छ । यस अध्ययनमा कथामा प्रस्तुत भएका घटना र घटनामा चित्रण भएर आएका उद्धरणका आधारमा कथाको दृष्टिविन्दुलाई विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । मूलतः यस कथामा प्रथमपुरूष दृष्टिबिन्दुको प्रयोग भएको छ । कथामा आएका घटनाक्रमहरूलाई विन्यास गरी कथा रचना गरिएकाले कथाको अभिवृत्ति केन्द्रीय दृष्टिविन्दुमा संरचित छ । कथाभरि नै मुख्य पात्रका रूपमा भोटिनी आएकी छे र भोटिनीकै माध्यमबाट सम्पूर्ण कथाको वर्णन गरिएको छ । प्रथमपुरूष केन्द्रीय दृष्टिविन्दुको प्रयोग कथामा भएको यस कथामा समाख्याताको रूपमा आएकी भोटिनी अर्थात् म पात्रका मानसिक संवेगका विभिन्न माध्यमबाट कथागत अभिवृत्तिलाई निरन्तर गतिशील तुल्याइएको छ । भोटिनीका जीवनका बाह्यान्तरिक उतारचढाबलाई समाख्याताको रूपमा आएको म पात्रको केन्द्रीयतामा रचना गरिएको प्रस्तुत कथा प्रथमपुरूष केन्द्रीय दृष्टिविन्दुका माध्यमबाट कथाको संरचनाले पूर्णता पाएको विषयमा विमर्श भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
38
pdf
11

Downloads

Published

2023-12-31

How to Cite

ढकाल न. ., & भट्टराई ख. (2023). राइटरबाजे कथामा दृष्टिविन्दु. The Journal of Knowledge and Innovation, 9(2), 62–66. https://doi.org/10.3126/jki.v9i2.55329

Issue

Section

Nepali Section (peer review)