परालको आगो कथामा अनुभूति संरचना

Authors

  • अनिल अधिकारी नेपाली विभाग महेन्द्र माेरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर https://orcid.org/0009-0001-4095-8833
  • बाबुराम तिमल्सेना नेपाली विभाग महेन्द्र माेरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर

Keywords:

पिँढी, प्रभुत्व, सामाजिक संस्कृति, सामन्तवाद

Abstract

प्रस्तुत लेखमा “परालको आगो” कथाको समाजशास्त्रीय विश्लेषण भएको छ भने उक्त समस्या समाधानका लागि गुणात्मक अनुसन्धानविधि, पाठविश्लेषण ढाँचा र विश्लेषणात्मक विधिको प्रयोग भएको छ । यस लेखको सैद्धान्तिक आधार साहित्यको समाजशात्रीय अध्ययनपद्धतिअन्तर्गत अनुभूतिको संरचना हो । साहित्यको समाजशास्त्रीय विश्लेषणका लागि मार्क्सवादी दर्शनको योगदान रहेको छ भने यसको उत्तरवर्ती व्याख्याका क्रममा वर्ग र वर्गसमाजभित्रै हुने सङ्घर्ष र त्यसको विवेचना गर्ने अनुशासन अनुभूतिको संरचना हो । यस सिद्धान्तमा स्रष्टाले सृजनाभित्र समाजमा रहेका मुख्य तीनपिँढीका बीचको पारस्परिक सम्बन्ध र सङ्घर्ष, तिनका क्रियाकलापजन्य परिस्थिति तथा त्यस प्रक्रियामा समुदायले अनुभव गर्ने विशिष्ट दवावजन्य अनुभूतिको अभिव्यक्ति पिँढी एवम् तिनका अनुभूतिको अध्ययनबाट समाजमा विद्यमान सांस्कृतिक स्थिति र सामाजिक व्यवस्थाका दिशा एवम् प्रक्रिया कसरी प्रस्तुत भएको छ भन्ने पक्षको खोजी गरिन्छ । यस लेखमा यही मान्यताको परिधिमा रही परालको आगो कथामा नेपाली समाजमा अशिक्षा र आर्थिक पछौटेपनका कारण व्याप्त वर्गीयता, असमानता, अन्धविश्वास एवम् रूढीग्रस्त पर्यावरणमा जीवन व्यतित गर्ने ग्रामीण नेपाली नागरिकको यथार्थ प्रतिबिम्बन भएको विषयमा विमर्श भएको छ । अशिक्षाका कारण अविकसित सामाजिक प्रथा परम्परालाई चिर्न नसक्ने दीनहीन असंस्कृत जीवनलाई नियतिका रूपमा अङ्गीकार गरी जीवनको आधार खोज्ने पिँढीबाट नवीन एवम् वैकल्पिक संस्कृतिको निर्माण असम्भव रहेको तथा तत्जन्य कार्य नहुनुको पछाडि अपरिवर्तनगामी अशिक्षित ग्रामीण नेपाली समाज रहेको पक्षमा विवेचना भएको छ ।

Abstract
386
pdf
0

Downloads

Published

2023-12-31

How to Cite

परालको आगो कथामा अनुभूति संरचना. (2023). The Journal of Knowledge and Innovation, 9(2), 48-54. https://doi.org/10.3126/jki.v9i2.55151

Issue

Section

Nepali Section (peer review)

How to Cite

परालको आगो कथामा अनुभूति संरचना. (2023). The Journal of Knowledge and Innovation, 9(2), 48-54. https://doi.org/10.3126/jki.v9i2.55151