प्रतिकूलता कथाको सीमान्तीय अध्ययन

Authors

  • माया घिमिरे राममणि बहुमुखी क्याम्पस, रुपन्देही

DOI:

https://doi.org/10.3126/jki.v9i2.55138

Keywords:

प्रभुत्व,, पितृसत्ता,, अधीनस्थ,, प्रतिनिधित्व,

Abstract

लेखसार

प्रस्तुत लेख पारिजातको प्रतिकूलता कथाको सीमान्तीयता विश्लेषणमा केन्द्रित छ । यस लेखमा सामग्रीको सङ्कलन पुस्तकालयीय पद्धतिबाट भएको छ भने विश्लेषणको लगि पाठविश्लेषणमा आधारित गुणात्मक पद्धतिको उपयोग भएको छ । पारिभाषिक दृष्टिले सीमान्त, सीमान्तीय र सीमान्तीयता सदियौँदेखि इतिहासविहीन भएका वा बनाइएका समाजका किनारामा रहेका आवाजविहीन तथा अधिकारविहीन समुदाय नै हुन् । सीमान्तीयता एउटा बृहत् छाता शब्द हो । सीमान्तीयताका दृष्टिले अध्ययनीय प्रतिकूलता कथामा विचारधारात्मक रूपले हेर्दा एकभन्दा बढी विचारको बहुलता छ । यस कथाभित्र सबै प्रकारका विभेदहरूका कारण किनारीकृत हुन पुगेका सबै शोषित, पीडितहरू अटाउन सक्ने भए पनि यो लेख प्रस्तुत कथामा सीमान्तीय वर्गको वर्गीय, लैङ्गिक र जातीय अवस्थाको प्रतिनिधित्वको पहिचान गरी समाजमा उनीहरूको स्थान, प्रभुत्व, प्रतिरोध र विचारधाराको अवस्थाको विश्लेषणमा केन्द्रित छ । यस कथामा लैङ्गिक दृष्टिले पितृसत्ता (पुरूष) को, वर्गीय दृष्टिले शासक वर्गको र जातीय दृष्टिले नछुट्टिए पनि उच्च सांस्कृतिक जातिको प्रभुत्व रहेको छ । प्रत्यक्ष रूपमा नारी पात्रहरूको मात्र उपस्थिति रहेको यस कथामा केही सीमान्तीय पात्रमा प्रतिरोधको भावना रहेको यस लेखमा प्रस्तुत कृति लेखकीय विचारधारा सीमान्तमैत्री रहेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
29
pdf
9

Downloads

Published

2023-12-31

How to Cite

घिमिरे म. . (2023). प्रतिकूलता कथाको सीमान्तीय अध्ययन . The Journal of Knowledge and Innovation, 9(2), 67–73. https://doi.org/10.3126/jki.v9i2.55138

Issue

Section

Nepali Section (peer review)