गुरुप्रसाद मैनालीको 'कर्तव्य' कथाको परिस्थितिगत सन्दर्भ {Situational context of Guru Prasad Mainali's story of 'duty'}

Authors

  • सीता Sita अधिकारी Adhikari थापा Thapa महेन्द्र बहुमुखी क्याम्पस, धरान

DOI:

https://doi.org/10.3126/jki.v8i1.52945

Keywords:

परिवेश parivesh, सङ्कथन Sankathan, सन्दर्भ sandarbha, वैयक्तिक Baikiktik, संज्ञानात्मक, पाठनिष्ठ Pathnistha

Abstract

प्रस्तुत लेखमा आधुनिक नेपाली कथाकार गुरुप्रसाद मैनालीद्वारा रचित कर्तव्य कथाको परिस्थितिगत सन्दर्भ विश्लेषण गरिएको छ । यसका निम्ति सङ्कथन अन्तर्गतको सन्दर्भपरक विश्लेषणलाई सैद्धान्तिक आधारका रूपमा लिइएको छ । भाषिक अभिव्यक्ति अन्तर्गत वाक्यभन्दा माथिको एकाइ सङ्कथन हो भने सङ्कथन पाठभित्र अन्तनिर्हित सहभागी, भौतिक तथा संज्ञानात्मक सूचना प्रदान गर्ने विभिन्न परिस्थितिलाई सन्दर्भ भनिन्छ । सङ्कथन पाठमा प्रयुक्त भाषिक स्वरूप तथा त्यसको विशेष परिस्थितिक सन्दर्भको माध्यमबाट संज्ञान अर्थको खोजी गरिने प्रक्रिया सन्दर्भपरक सङ्कथन विश्लेषण हो । सङ्कथन पाठमा घटना, चरित्र र परिवेशले पनि सन्दर्भलाई सङ्केत एवम् विस्तार गरेको हुन्छ भने भाषाले सन्दर्भको निर्माण गर्ने तथा सन्दर्भले अर्थको प्रकटीकरण गर्ने भएकाले सङ्कथन पाठलाई संरचनापरक र सन्दर्भपरक कोणबाट अध्ययन विश्लेषण गरिन्छ । परिस्थितिगत सन्दर्भ विश्लेषण भाषाइतर पक्ष भएकाले सङ्कथनमा भाषिक प्रकार्य वा अभिव्यक्तिले दिने अर्थ र परिवेशमा समायोजित सन्दर्भलाई हेरिन्छ । सङ्कथनमा प्रयुक्त भाषाले सन्दर्भलाई प्रस्तुत गर्दछ भने सन्दर्भमा पाठको अर्थ समावेश रहने हँदा कर्तव्य कथामा रहेको सन्दर्भ तथा उक्त सन्दर्भले निर्धारण गरेको परिस्थितिगत अर्थहरूको खोजी सन्दर्भपरक अध्ययनका आधारमा गरिएको छ । प्रस्तुत लेखमा विवेच्य सङ्कथनमा कथाकार (समाख्याता) ले लेख्य अभिव्यक्तिका माध्यमबाट पाठनिष्ठ अर्थ निर्धारणका लागि वैयक्तिक, भौतिक र संज्ञानात्मक सन्दर्भको प्रयोगबाट सूचना संप्रेषण गरेका छन् । सामाजिक यथार्थवादी प्रवृतिको कर्तव्य कथामा सामाजिक विषयवस्तु, घटना, चरित्र र परिवेशका साथै भाषाको प्रयोगबाट विभिन्न सामाजिक–सांस्कृतिक सन्दर्भको निर्देश गरिएको हुनाले कथाको पारिस्थितिक सन्दर्भमा अर्थपूर्ण बनेको छ । व्यक्तिगत, पारिवारिक, सामाजिक–सांस्कृतिक यिनै विभिन्न परिवेशगत सन्दर्भहरूको प्रयोग भएको कर्तव्य कथालाई सङ्कथन विश्लेषणको परिस्थितिगत सन्दर्भका सैद्धान्तिक अवधारणामा आधारित भएर पाठपरक अध्ययन गरिएको छ । यसमा कृतिको सूक्ष्म पठनपद्धतिको प्रयोग गर्दै गुणात्मक ढाँचाको व्याख्या विश्लेषणात्मक विधिद्वारा शोध्य प्रश्नका प्राज्ञिक समाधान खोज्नु यस लेखको उद्देश्य रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
14
PDF
29

Downloads

Published

2022-12-31

How to Cite

थापा Thapa स. S. अ. A. (2022). गुरुप्रसाद मैनालीको ’कर्तव्य’ कथाको परिस्थितिगत सन्दर्भ {Situational context of Guru Prasad Mainali’s story of ’duty’}. The Journal of Knowledge and Innovation, 8(1), 41–48. https://doi.org/10.3126/jki.v8i1.52945

Issue

Section

Articles