धुन्धकारीको अवसान कथामा लैङ्गिकता {Gender in the story of Dhundhakari's demise}

Authors

  • अनिल Anil अधिकारी Adhikari नेपाली विभाग, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, त्रि. वि. विराटनगर

Keywords:

पितृसत्ता Pitrisatta, सामन्तवाद Samantavad, लैङ्गिक विभेद Laingik Bibhed, नारीवाद Narivad, प्रतिरोध pratirodh

Abstract

प्रस्तुत अध्ययनमा कथाकार इस्मालीद्वारा लिखित धुन्धकारीको अवसान कथाको लैङ्गिक अध्ययन गरिएको छ । कथाको विश्लेषणका लागि पितृसत्ता, लैङ्गिक प्रतिनिधित्व, लैङ्गिक सम्बन्ध, लैङ्गिक विभेद, नारीवादी दृष्टिकोण र लैङ्गिक प्रतिरोधजस्ता प्रतिमानलाई आधार बनाइएको छ । यस अध्ययनको पूर्णताका लागि साँस्कृतिक अध्ययन अन्तर्गतको लैङ्गिकतालाई सैद्धान्तिक अवधारणाका रूपमा उपयोग गरिएको छ । मूल समस्या र शोध्यप्रश्नको समाधानका लागि पाठविश्लेषणकेन्द्री गुणात्मक अनुसन्धान पद्धति तथा विश्लेषणात्मक विधिको प्रयोग गरिएको छ । प्रस्तुत अध्ययनमा समाजमा आतङ्क फैलाई समाजलाई क्रीडास्थल बनाएका उच्चवर्गले निम्नवर्गमाथि वर्गीय, जातीय र लैङ्गिक रूपमा गर्ने शोषण र विभेदका घटना, वर्गीय र लैङ्गिक रूपमा भएको प्रतिकारले परास्त भएको उच्चवर्गको मानसिकता र व्यवहार प्रस्तुत भएको छ । सामन्तवादी समाज व्यवस्थामा आर्थिक हैसयतकै कारण नारीले सामन्तको वासनापूर्तिको साधन बन्नुपर्ने, नारीलाई बलात्कार गर्ने, कुट्ने, पिट्ने, मरणासन्न तुल्याउने जस्ता गतिविधिका विरूद्धमा सशक्त नारी प्रतिकार भएको यस कथामा समाजमा विद्यमान लैङ्गिक शोषण, विभेद, नारीवादी दृष्टिकोण र लैङ्गिक प्रतिरोधको स्थिति प्रभावकारी रूपमा संयोजन भएको छ । नारीलाई भोग्याका रूपमा हर्ने  पितृसत्तात्मक सामन्तवादी दृष्टिकोणका कारण विभेदमा परेकी माइली घर्तिनी र उसका छोरीलाई लैङ्गिक हिंसाका दृष्टिकोणबाट हेर्ने स्थिति होस् अथवा सामाजिक शोषणका विरूद्ध आवाज उठाउने गुलाम रायकी छोरीमाथि भएको बलात्कार तथा नारी समुदायमाथि भएको विभेदका विरूद्धमा एकल प्रतिरोध गर्ने बुलकियामाथि भएको भौतिक आक्रमणको घटनाको प्रस्तुतिले पितृसत्तात्मक समाजले नारीप्रति हर्ने  दृष्टिकोण र त्यसका विरूद्ध सशक्त प्रतिकार भएको कथाका स्थानमा उभ्याएको छ । कथामा पितृसत्ताका कारण वञ्चितीकरणमा परेका नारी समुदायको प्रतिकारको सहयोगी बनेर आएको पुरूषसमूहको सामूहिक प्रतिकारको अन्तर्यमा पितृसत्ता प्रदत्त लैङ्गिक विभेदको अन्त्य भई समतामूलक समाज निर्माण हुन लागेको सङ्क्रमणकालीन अवस्थालाई प्रस्तुत गरेको निष्कर्षमा निकालिएको छ ।

Abstract
216
PDF
0

Downloads

Published

2022-12-31

How to Cite

धुन्धकारीको अवसान कथामा लैङ्गिकता {Gender in the story of Dhundhakari’s demise}. (2022). The Journal of Knowledge and Innovation, 8(1), 33-40. https://doi.org/10.3126/jki.v8i1.52944

Issue

Section

Articles

How to Cite

धुन्धकारीको अवसान कथामा लैङ्गिकता {Gender in the story of Dhundhakari’s demise}. (2022). The Journal of Knowledge and Innovation, 8(1), 33-40. https://doi.org/10.3126/jki.v8i1.52944