ऐना : उत्तरआधुनिक अध्ययन

Authors

  • लक्ष्मीशरण अधिकारी सहप्राध्यापक, नेपाली विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा

DOI:

https://doi.org/10.3126/jjis.v9i1.46537

Keywords:

आधुनिकता, उत्तरआधुनिकता, एकत्व, केन्द्र, स्थानीय सत्य

Abstract

प्रस्तुत लेखमा उत्तरआधुनिक सैद्धान्तिक कोणबाट ‘ऐना’ कथा सङ्ग्रहको अध्ययन गरिएको छ । उत्तरआधुनिकता केन्द्रलाई मान्दैन, यो केन्द्रविरोधी विचार हो । रामलाल जोशीका कथामा परम्परागत नायकलाई ध्वस्त गरेर पुनर्निर्माण गरिएको छ । स्थानिक सत्यमा जोड, अधिनायकवादी पितृसत्ताप्रति असहमति, प्रगतिहीनता, अनिश्चितता, स्थानिक संस्कृतिको चित्रणमा जोड, बहुलता, सभ्य भनाउँदो मान्छेको मृत्यु जस्ता उत्तरआधुनिक मान्यता उनका कथामा भेटिएका छन् । लोकतन्त्र, सामाजिक न्याय तथा प्रगतिसम्बन्धी आधुनिकताको धारणा कतिपय कथामा मसिनो स्वरले व्यक्त भए पनि उनको मूल स्वर विविधता र बहुलताको अनुमोदन, सीमान्तकृतहरूतर्फ सहानुभाव राख्ने रहेकाले ‘ऐना’ उत्तर आधुनिकताका कोणबाट पठनीय कृति बनेको छ भन्ने निष्कर्षमा पुगिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
67
PDF
48

Downloads

Published

2020-07-01

How to Cite

अधिकारी ल. (2020). ऐना : उत्तरआधुनिक अध्ययन. Janapriya Journal of Interdisciplinary Studies, 9(1), 88–97. https://doi.org/10.3126/jjis.v9i1.46537