बहुभाषिक कक्षामा नेपाली शिक्षण: समस्या र समाधान (Bahubhashik Kakshyama Nepali Shikshan: Samasya ra Samadhan)

Authors

  • बिष्णु Bishnu प्रसाद Prasad शर्मा Saharma

DOI:

https://doi.org/10.3126/jjis.v3i0.17900

Keywords:

बहुभाषिक कक्षा, सम्प्रेषणीयता, मातृभाषा, प्रत्यक्ष विधि, श्रुतिभाषिक पद्धति (Multi language Class, Presentation, Mother language)

Abstract

प्रस्तुत लेख बहुभाषिक कक्षामा नेपाली भाषा शिक्षण गर्दा आइपर्ने समस्या र समाधानमा केन्द्रित छ । यसका लागि पुस्तकालयीय विधिबाट द्वितीय स्रोतका सामग्री सङ्कलन गरी तिनको अध्ययन विश्लेषणका साथ निष्कर्षमा पुग्ने प्रयास गरिएको छ । विविध मातृभाषी भएका विद्यार्थीहरूको कक्षा बहुभाषिक कक्षा हो । नेपाल बहुभाषी र बहुजाति मुलुक भएका कारण नेपालका ग्रामीणभन्दा सहरी क्षेत्रमा बहुभाषिक कक्षा बढी देखिन्छन् । यस्तो कक्षामा नेपाली भाषा शिक्षण चुनौतीपूर्ण हुन्छ । नेपाली भाषाको भाषिक वातावरण प्राप्त नगरेका विद्यार्थीहरूमा सम्प्रेषणीयताको अभाव हुनु, कक्षामा शिक्षकले प्रयोग गर्ने नेपाली भाषा कसैका लागि अति सरल र कसैका लागि कठिन अनुभव हुनु, सबै विद्यार्थीको मातृभाषासम्म शिक्षकको पहुँच नहुनु जस्ता समस्या बहुभाषिक कक्षामा नेपाली शिक्षण गर्दा आइपर्छन् भने भाषिक पृष्ठभूमि र क्षमताका आधारमा विद्यार्थीलाई वर्गीकरण गरी सोही अनुसारका शिक्षण सामग्री, विधि तथा पाठ्यवस्तु प्रयोगका साथ उत्प्रेरणा र सबलीकरणका माध्यमबाट बहुभाषिक कक्षामा नेपाली शिक्षणलाई प्रभावकारी बनाउन सकिन्छ ।

Janapriya Journal of Interdisciplinary Studies, Vol. III (December 2014), Page:95-98

Downloads

Download data is not yet available.
Abstract
3749
PDF
5391

Downloads

Published

2017-07-31

How to Cite

शर्मा Saharma ब. B. प. P. (2017). बहुभाषिक कक्षामा नेपाली शिक्षण: समस्या र समाधान (Bahubhashik Kakshyama Nepali Shikshan: Samasya ra Samadhan). Janapriya Journal of Interdisciplinary Studies, 3, 95–98. https://doi.org/10.3126/jjis.v3i0.17900

Issue

Section

Research Articles