‘सधैँ सधैँ मेरो सपनामा’ कवितामा ध्वनि
DOI:
https://doi.org/10.3126/av.v9i1.74101Keywords:
रसध्वनि, वस्तुध्वनि, अलङ्कार, व्यङ्ग्यात्मक, ध्वनिAbstract
यस लेखमा ध्वनि सिद्घान्तको मूलभूत सिद्धान्तलाई उल्लेख गरी विभिन्न साक्ष्यहरूको आधारमा कवि भूपि शेरचनद्वारा लिखित ‘सधैँ सधैँ मेरो सपनामा’ कविताको विश्लेषण गरिएको छ । यस कवितामा जीवन मूल्यको खोजमा नेपालीहरूले भोग्नु परेका युगीन जटिलता, अवमूल्यन र अमानवीयताप्रति ध्वन्यात्मक अर्थ एवम्, व्यङ्ग्यात्मक टिप्पणी कवितामा गरिएको छ । निरङ्कुश शासन र विकृत सामाजिक आर्थिक व्यवस्थाले सताइएका नेपाली जनताको चिररोदनका मझधाराबाट खोसिएका हक, अधिकार स्वतन्त्रता, सुशिक्षा र प्रजातान्त्रिक मूल्यका निम्ति क्रान्तिको आह्वान गरिएको प्रसङ्ग ध्वन्यात्मक रूपमा कवितामा व्यक्त भएको छ । त्यसपछि तत्कालीन शासन व्यवस्थाप्रति तीव्र आक्रोश र विद्रोहको स्वर व्यक्त भएको प्रसङ्ग ध्वन्यात्मक रूपमा अभिव्यञ्जित छ । कवितामा प्रतीकात्मक दृश्य विधान, व्यङ्ग्यात्मक भाव विम्वका कारण कवितामा पूर्वीय काव्यशास्त्रको ध्वनि सौन्दर्भ कलात्मक सफल रूपमा व्यक्त भएको देखिन्छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Academic Voices: A multidisciplinary Journal
All rights reserved. No part of this journal may be reproduced in any form or by any electronic or mechanical means, including information storage and retrieval system, without permission in writing from the publisher/writers, except by a reviewer who may quote brief passages in a review.