नेपालमा बाल साहित्य, विकाश प्रक्रिया र परिवेश

Authors

  • विश्वम्भर कुमार शर्मा ठाकुर राम बहुमुखी क्याम्पस, वीरगञ्ज, त्रिभुवन विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/av.v8i1.74060

Keywords:

ग्रहणशिलता, कौतुहलतापूर्ण, भावनापुञ्ज, एकाङ्की श्रमसम्मान, बौद्धिक खोराक

Abstract

बालबालिकाको रुची, ग्रहणशीलता र अवस्थालाई ध्यानमा राखेर, बालबालिकाको सर्वाङ्गिण विकासमा टेवा पुर्याउने साहित्य लेखन नै बालसहित्य हो । बालकदेखि किशोरावस्था सम्मका लागि यो सहित्य बढी रुचीकर हुन्छ । बालबालिको कलमले सृजना गरेका रचना हुन् वा परिपक्व हातले ती अवस्थाका इच्छा, चाहना र रुचीलाई ध्यानमा राखी लेखिएका रचना हुन् । समाज, जीवन र परिवेशलाई बुझाउन सकिने यथार्थ जीवनको अवस्था बोध र वैज्ञानिक धरातलमा आधारित रचनाले बालपयोगी शिक्षा र आवश्यकता पुरा गर्न सक्छ । नेपालमा बालबालिकालाई लक्षित गरी लेखिएको १९४९ को “गोरखा पहिलो किताब” र महाकवि लक्ष्मी प्रसाद देवकोटाको राजकुमार प्रभाकरबाट शुरु भई बालसहित्यले सतक पार गर्दै आज सम्म आइपुग्दा, बाल कविता⁄गीत, कथा, नाटक, एकाङ्की, निबन्ध—नियात्रा, जीवनी र अन्य विधाहरु एथेष्ट प्रकाशित रहेका छन् । कथा, कविता र नाटक बाहेकका अन्य विधामा भने अझै सर्जकहरुका कलम चलनु जरुरी छ, जसले बालबालिको जिज्ञासा र अपेक्षाको आपुर्तिमा सघाउ पुर्याउन सकोस् ।

Downloads

Download data is not yet available.
Abstract
12
PDF
11

Author Biography

विश्वम्भर कुमार शर्मा, ठाकुर राम बहुमुखी क्याम्पस, वीरगञ्ज, त्रिभुवन विश्वविद्यालय

नेपाली विभाग

Downloads

Published

2018-12-31

How to Cite

शर्मा व. क. (2018). नेपालमा बाल साहित्य, विकाश प्रक्रिया र परिवेश. Academic Voices: A Multidisciplinary Journal, 8(1), 121–126. https://doi.org/10.3126/av.v8i1.74060

Issue

Section

Articles