‘आमा’ महाकाव्यमाथि विमर्श
DOI:
https://doi.org/10.3126/yugavani.v2i1.95860Keywords:
काव्यहेतु, प्रतिभा, समीक्षा, सम्प्रेषण, दर्शनAbstract
नेपाली महाकाव्य विधामा पूर्वीय साहित्य दर्शनको निकै पूभाव परेको हुन्छ । शास्त्रीय मान्यताअनुसार रस, छन्द र अलङ्कारलाई मुख्य काव्य साधनाका अङ्गहरु मानिन्छन् । भरतमुनिदेखि भामहसम्मका पूर्वीय चिन्तकहरुले महाकाव्यलाई विशाल र अभूतपूर्व जीवनदर्शनको एक अङ्ग मानेका छन् । जसलाई साहित्यशास्त्रीहरुले अलङ्कारलाई बाह्य गुणसँग वा सौन्दर्यसँग तुलना गरेका छन् भने रस र छन्दलाई काव्यका आन्तरिक तथा सूक्ष्मरुपसँग नजिक ठह¥याएका छन् । यस सन्दर्भमा मेरी आमा महाकाव्य पूर्वीय जगत्को पर्याधारभित्र सञ्चालित भई काव्यमा प्रयुक्त भएको छ । आमालाई एउटा सानो परिवेश मात्र नठानी विशाल र ममतामयी खानीका रुपमा उनको गुणगन र महिमालाई देखाउन खोजिएको छ । यस काव्यमा आमाद्वारा जन्म, विवाह, वृहस्थाश्रम तथा विभिन्न कर्महरुलाई एकैसाथ आमाको जिन्दगीमा समाहित गराउन खोज्नु महाकाव्यको मुख्य उद्देश्य रहेको छ । विशेष गरी यस महाकाव्यको अध्ययनको क्रममा वर्णनात्मक र विवरणात्मक विषयवस्तुलाई अँगाल्दै पुस्तकालयीय स्रोतसामग्रीहरुको सङ्कलन र विश्लेषण गर्दै कृतिपरक ढङ्गबाट आमा महाकाव्यको विश्लेषण गरिएको छ । विशेषगरी रस, छन्द, अलङ्कार, विम्ब, प्रतीकजस्ता तत्त्वहरुलाई अङ्गीकृत मान्दै आमा महाकाव्यमा समग्र विश्वकी आमा नेपाल आमालाई समेत चरितार्थ गर्न खोजिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution 4.0 International License.
This license enables re-users to distribute, remix, adapt, and build upon the material in any medium or format, so long as attribution is given to the creator. The license allows for commercial use.