लक्ष्मीप्रसाद देवकोटा र ‘यात्री’ कवितामा मानवतावाद
DOI:
https://doi.org/10.3126/yugavani.v2i1.95858Keywords:
मानवतावाद, स्वच्छन्दतावाद, खण्डकाव्यAbstract
लक्ष्मीप्रसाद देवकोटा र यात्री कवितामा मानवतावाद शीर्षकीकरण गरिएको यो अनुसन्धानमा नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाकाको सङ्क्षिप्त जीवनी, व्यक्तित्व, कृतित्व र उनको यात्री कवितामा देखिएको मानवतावादलाई पर्गेल्ने कार्य गरिएको छ । विसं १९६६ कार्तिक २७ गते लक्ष्मीपूजाका दिन जन्मिएका देवकोटाले बिए, बिएलसम्मको अध्ययन पूरा गरेका छन् । नेपाली काव्य जगतका अमूल्य निधि देवकोटाले पूर्णिमाको जलदी र गरिब जस्ता फुटकर कविता प्रकाशनमा ल्याई नेपाली साहित्यमा स्वच्छन्दतावादी लेखन परम्पराको थालनी गराएका हुन् । काव्य विधाअन्तर्गत फुटकर कविता, खण्डकाव्य र महाकाव्य तीनै प्रकृतिका गुणात्मक एवं परिमाणात्मक कृतिहरुको योगदान दिएका देवकोटाको यात्री कविता वि.सं. १९९८ मा शारदा पत्रिकाको जेठ अङ्कमा प्रकाशित भएको हो । गेयात्मक गुणले सम्पन्न सोही यात्री कविताले नेपाली कथानक चलचित्र वासुदेवमा स्थान बनाइसकेको छ । यात्री कविता मानिसलाई मानिसले मानिसकै रुपमा हेर्नुपर्छ भन्ने मूल मर्ममा एकाकार भएर आएको मानवतावादी स्वरसन्धानका दृष्टिले निकै महत्वपूर्ण सिर्जना हो । यसर्थ देवकोटाको यात्री कवितालाई प्राथमिक स्रोत एवं देवकोटा र यात्री कवितासम्बन्धी विश्लेषणलाई द्वितीय स्रोत मानी सैद्धान्तिक अध्ययन विधिको प्रयोग गरेर तयार पारिएको यस अनुसन्धानमा लक्ष्मीप्रसाद देवकोटा र उनको यात्री कवितामा देखिएको मानवतावादको विश्लेषण गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution 4.0 International License.
This license enables re-users to distribute, remix, adapt, and build upon the material in any medium or format, so long as attribution is given to the creator. The license allows for commercial use.