लक्ष्मीप्रसाद देवकोटा र ‘यात्री’ कवितामा मानवतावाद

Authors

  • Lek Prasad Pyakurel त्रिभुवन विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज, नेपाली विभाग

DOI:

https://doi.org/10.3126/yugavani.v2i1.95858

Keywords:

मानवतावाद, स्वच्छन्दतावाद, खण्डकाव्य

Abstract

लक्ष्मीप्रसाद देवकोटा र यात्री कवितामा मानवतावाद शीर्षकीकरण गरिएको यो अनुसन्धानमा नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाकाको सङ्क्षिप्त जीवनी, व्यक्तित्व, कृतित्व र उनको यात्री कवितामा देखिएको मानवतावादलाई पर्गेल्ने कार्य गरिएको छ । विसं १९६६ कार्तिक २७ गते लक्ष्मीपूजाका दिन जन्मिएका देवकोटाले बिए, बिएलसम्मको अध्ययन पूरा गरेका छन् । नेपाली काव्य जगतका अमूल्य निधि  देवकोटाले पूर्णिमाको जलदी र गरिब जस्ता फुटकर कविता प्रकाशनमा ल्याई नेपाली साहित्यमा स्वच्छन्दतावादी लेखन परम्पराको थालनी गराएका हुन् । काव्य विधाअन्तर्गत फुटकर कविता, खण्डकाव्य र महाकाव्य तीनै प्रकृतिका गुणात्मक एवं परिमाणात्मक कृतिहरुको योगदान दिएका देवकोटाको यात्री कविता वि.सं. १९९८ मा शारदा पत्रिकाको जेठ अङ्कमा प्रकाशित भएको हो । गेयात्मक गुणले सम्पन्न सोही यात्री कविताले नेपाली कथानक चलचित्र वासुदेवमा स्थान बनाइसकेको छ । यात्री कविता मानिसलाई मानिसले मानिसकै रुपमा हेर्नुपर्छ भन्ने मूल मर्ममा एकाकार भएर आएको मानवतावादी स्वरसन्धानका दृष्टिले निकै महत्वपूर्ण सिर्जना हो । यसर्थ देवकोटाको यात्री कवितालाई प्राथमिक स्रोत एवं देवकोटा र यात्री कवितासम्बन्धी विश्लेषणलाई द्वितीय स्रोत मानी सैद्धान्तिक अध्ययन विधिको प्रयोग गरेर तयार पारिएको यस अनुसन्धानमा लक्ष्मीप्रसाद देवकोटा र उनको यात्री कवितामा देखिएको मानवतावादको विश्लेषण गरिएको छ । 

Downloads

Download data is not yet available.
Abstract
0
PDF (Nepali)
0

Downloads

Published

2026-06-16

How to Cite

Pyakurel, L. P. (2026). लक्ष्मीप्रसाद देवकोटा र ‘यात्री’ कवितामा मानवतावाद . युगवाणी Yugavani, 2(1), 35–43. https://doi.org/10.3126/yugavani.v2i1.95858

Issue

Section

Research Articles