परीक्षाको दबाव र भाषिक अभिव्यक्ति

Authors

  • Dambar Bahadur Pun त्रिभुवन विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज, नेपाली विभाग https://orcid.org/0009-0007-1551-461X

DOI:

https://doi.org/10.3126/yugavani.v2i1.95833

Keywords:

मनोवैज्ञानिक, भाषिक अभिव्यक्ति, चिन्ता, परीक्षाको दबाव

Abstract

यो अनुसन्धानमूलक लेखले परीक्षाको दबाबले विद्यार्थीको भाषिक अभिव्यक्तिमा पार्ने प्रभावलाई गहिरो रूपमा विश्लेषण गरेको छ । अध्ययन गुणात्मक प्रकृतिको हो, जसमा पुस्तकालयीय सामग्री सङ्कलन गरी वर्णनात्मक तथा विश्लेषणात्मक विधि प्रयोग गरिएको छ । नतिजाले देखाउँछ कि अभिभावकीय अपेक्षा, प्रतिस्पर्धात्मक वातावरण, असफलताको डर, समय व्यवस्थापनको कमी, र परीक्षा प्रणालीजस्ता प्रमुख कारणहरूले विद्यार्थीमा मानसिक दबाब सिर्जना गर्छन् । यस दबाबले विद्यार्थीको शब्द चयन, वाक्य संरचना, विचारको क्रमबद्धता, सिर्जनात्मकता, र स्पष्टतामा प्रत्यक्ष असर पार्छ । मध्यम स्तरको दबाबले विद्यार्थीलाई तयारीमा प्रेरित गर्न सक्छ भने अत्यधिक दबाबले मानसिक स्वास्थ्य कमजोर बनाउँछ र अभिव्यक्तिको क्षमता घटाउँछ । यस अध्ययनले निष्कर्ष निकाल्छ कि विद्यार्थी-मैत्री शिक्षा प्रणाली, स्वस्थ संवाद, समय व्यवस्थापन, ध्यान वा योग, र सकारात्मक सोचले दबाबलाई कम गर्न सकिन्छ । परीक्षालाई जीवनको अन्त्य नभई अवसरको रूपमा लिन सक्ने मानसिकता विकास गर्नु नै दीर्घकालीन समाधान हो । यसरी, अध्ययनले परीक्षाको दबाबलाई केवल चुनौती नभई सुधार र आत्मविकासको अवसरका रूपमा रूपान्तरण गर्न सकिने देखाएको छ । शिक्षा प्रणालीमा परीक्षा विद्यार्थीको ज्ञान तथा सीप मापन गर्ने प्रमुख माध्यम हो । परीक्षासँग जोडिएको अत्यधिक दबावले विद्यार्थीको मानसिक अवस्था र भाषिक अभिव्यक्तिमा नकारात्मक प्रभाव पार्ने देखिन्छ । उच्च तनावले विद्यार्थीको स्पष्टता, सिर्जनात्मकता, शब्द चयन तथा वाक्य संरचनामा कमी ल्याउँछ, मध्यम स्तरको दबावले केही सकारात्मक प्रभाव पनि पार्न सक्छ । अन्त्यमा, सन्तुलित शैक्षिक वातावरणको आवश्यकता औंल्याइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF (Nepali)
0

Downloads

Published

2026-06-16

How to Cite

Pun, D. B. (2026). परीक्षाको दबाव र भाषिक अभिव्यक्ति . युगवाणी Yugavani, 2(1), 23–30. https://doi.org/10.3126/yugavani.v2i1.95833

Issue

Section

Research Articles