कविताविधाको स्वरुप र लेखनप्रविधि

Authors

  • Hari Prasad Timilsina त्रिभुवन विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज

DOI:

https://doi.org/10.3126/yugavani.v2i1.95828

Keywords:

हृदयसंवेद्य, व्यञ्जना, वाङ्मय

Abstract

प्रस्तुत लेखमा कविताविधाको स्वरुपको चिनारी एवं लेखनप्रविधिको खोजी गरिएको छ । कविता के हो र कसरी कविता लेखनलाई विशिष्ट बनाउन सकिन्छ  भन्ने विषयको अध्ययन गरिएको छ । कविता छन्द वा लोकलय र मुक्तलय गरी दुई किसिमका हुन्छन् । शास्त्रीय रुपमा पद्य विधाअन्तर्गत रहने कविताविधामा तीन पङ्क्तिदेखि महाकाव्यसम्मका लघुतम, लघु, मध्यम, बृहत् र बृहत्तम गरी विभिन्न उपविधामा रचना गरिन्छ । महाकाव्य कविताविधाको उच्चतम रचना हो । सर्वप्राचीन र लोकप्रिय साहित्यिक विधाका रुपमा लोकप्रसिद्ध छ । साहित्यका लोकपरम्पारमा साहित्य र वाङ्मय दुई प्रकारका ज्ञानराशिहरु छन् । यीमध्ये कविताविधाका उपविधाहरुलाई अरु साहित्यिक विधाबाट छुट्याउने तत्त्व लय र विशिष्ट भाषाशैली हो । यस आलेखमा प्राञ्जल, प्रतीकात्मक, विम्बात्मक, आलङ्कारिक एवं व्यञ्जनात्मक विशिष्ट भाषा र शैलीबाट कविता विशिष्ट बन्दछ भन्ने निष्कर्ष रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF (Nepali)
0

Author Biography

Hari Prasad Timilsina, त्रिभुवन विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज

नेपाली विभाग

Downloads

Published

2026-06-16

How to Cite

Timilsina, H. P. (2026). कविताविधाको स्वरुप र लेखनप्रविधि . युगवाणी Yugavani, 2(1), 16–22. https://doi.org/10.3126/yugavani.v2i1.95828

Issue

Section

Research Articles