आधुनिक नेपाली रङ्गमञ्चमा पौरस्त्य नाट्यशिल्पको प्रभाव
DOI:
https://doi.org/10.3126/yugavani.v2i1.95827Keywords:
पौरस्त्य, नाट्यशास्त्र, रससिद्धान्त, नेपाली रङ्गमञ्च, अभिनयAbstract
प्रस्तुत अनुसन्धानात्मक लेख आधुनिक नेपाली रङ्गमञ्चमा पौरस्त्य नाट्यशिल्पको प्रभाव र तिनको पुनर्सृजनको विश्लेषणमा केन्द्रित छ । यस अध्ययनमा संस्कृत, हिन्दी र नेपाली भाषाका साहित्यिक स्रोत तथा नाट्यशास्त्रीय ग्रन्थहरुलाई आधार मानिएको छ । भरतमुनिको नाट्यशास्त्र, अभिनवगुप्तको अभिनवभारती, धनञ्जयको दशरुपक, शारङ्गदेवको सङ्गीतरत्नाकर र विश्वनाथको साहित्यदर्पण जस्ता संस्कृत आचार्यहरुका मूलग्रन्थहरु; हिन्दी नाट्य समीक्षाका क्षेत्रमा रामचन्द्र शुक्ल, हजारीप्रसाद द्विवेदी, नेमिचन्द्र जैन, देवेन्द्रराज अङ्कुर तथा गिरीशरस्तोगी जस्ता विद्वान्हरुका कृति; र नेपाली नाट्यशास्त्रका क्षेत्रमा बालकृष्ण सम, विजय मल्ल, सूर्यमणि अधिकारी, मोहनप्रसाद उपाध्याय र गोविन्दराज भट्टराईका ग्रन्थहरुलाई मुख्य सैद्धान्तिक आधार बनाइएको छ । गुणात्मक अनुसन्धान विधि, विषयगत विश्लेषण र तुलनात्मक पाठ परीक्षणको माध्यमबाट यस लेखले देखाएको छ कि आधुनिक नेपाली रङ्गमञ्चले रस र भाव सिद्धान्त, अभिनयका चतुर्विध आयाम, नाट्यसन्धिशास्त्र, नायकनायिकाभेद तथा दृश्यकाव्यको सौन्दर्यशास्त्रीय विचारलाई आत्मसात् गरेर नयाँ मौलिक नाट्यभाषा विकास गरेको छ । यो आत्मसात् न केवल अनुकरण हो, बरु सांस्कृतिक पुनर्निर्माणको एक सजीव प्रक्रिया हो ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution 4.0 International License.
This license enables re-users to distribute, remix, adapt, and build upon the material in any medium or format, so long as attribution is given to the creator. The license allows for commercial use.