आधुनिक नेपाली रङ्गमञ्चमा पौरस्त्य नाट्यशिल्पको प्रभाव

Authors

  • Giriraj Paudel त्रिभुवन विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज https://orcid.org/0009-0007-1551-461X

DOI:

https://doi.org/10.3126/yugavani.v2i1.95827

Keywords:

पौरस्त्य, नाट्यशास्त्र, रससिद्धान्त, नेपाली रङ्गमञ्च, अभिनय

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेख आधुनिक नेपाली रङ्गमञ्चमा पौरस्त्य नाट्यशिल्पको प्रभाव र तिनको पुनर्सृजनको विश्लेषणमा केन्द्रित छ । यस अध्ययनमा संस्कृत, हिन्दी र नेपाली भाषाका साहित्यिक स्रोत तथा नाट्यशास्त्रीय ग्रन्थहरुलाई आधार मानिएको छ । भरतमुनिको नाट्यशास्त्र, अभिनवगुप्तको अभिनवभारती, धनञ्जयको दशरुपक, शारङ्गदेवको सङ्गीतरत्नाकर र विश्वनाथको साहित्यदर्पण जस्ता संस्कृत आचार्यहरुका मूलग्रन्थहरु; हिन्दी नाट्य समीक्षाका क्षेत्रमा रामचन्द्र शुक्ल, हजारीप्रसाद द्विवेदी, नेमिचन्द्र जैन, देवेन्द्रराज अङ्कुर तथा गिरीशरस्तोगी जस्ता विद्वान्हरुका कृति; र नेपाली नाट्यशास्त्रका क्षेत्रमा बालकृष्ण सम, विजय मल्ल, सूर्यमणि अधिकारी, मोहनप्रसाद उपाध्याय र गोविन्दराज भट्टराईका ग्रन्थहरुलाई मुख्य सैद्धान्तिक आधार बनाइएको छ । गुणात्मक अनुसन्धान विधि, विषयगत विश्लेषण र तुलनात्मक पाठ परीक्षणको माध्यमबाट यस लेखले देखाएको छ कि आधुनिक नेपाली रङ्गमञ्चले रस र भाव सिद्धान्त, अभिनयका चतुर्विध आयाम, नाट्यसन्धिशास्त्र, नायकनायिकाभेद तथा दृश्यकाव्यको सौन्दर्यशास्त्रीय विचारलाई आत्मसात् गरेर नयाँ मौलिक नाट्यभाषा विकास गरेको छ । यो आत्मसात् न केवल अनुकरण हो, बरु सांस्कृतिक पुनर्निर्माणको एक सजीव प्रक्रिया हो । 

Downloads

Download data is not yet available.
Abstract
0
PDF (Nepali)
0

Author Biography

Giriraj Paudel, त्रिभुवन विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज

नेपाली विभाग

Downloads

Published

2026-06-16

How to Cite

Paudel, G. (2026). आधुनिक नेपाली रङ्गमञ्चमा पौरस्त्य नाट्यशिल्पको प्रभाव . युगवाणी Yugavani, 2(1), 8–15. https://doi.org/10.3126/yugavani.v2i1.95827

Issue

Section

Research Articles