‘राजकुमार अभिजीत’ लोककथामा प्रतिविम्बित लोकविश्वास
DOI:
https://doi.org/10.3126/yugavani.v2i1.95826Keywords:
अपरासंस्कृति, अलिखित साहित्य, मृत्युदण्ड, परासंस्कृति, लोकवार्ताAbstract
प्रस्तुत लेखले नेपालको ग्रामीण परिवेशमा बहुप्रचलित लोककथामा अभिव्यक्त लोकविश्वासलाई उद्घाटित गरेको छ । यसमा स्रोताको श्रवणशीलता, वक्ताको वाक्पटुता तथा सामाजिक परम्पराको गतिशीलता अविच्छिन्न रुपले प्रवाहित भइरहेको देखिन्छ । नेपाली समाजका लोककथाहरु अहिले प्रयोगमा देखिन थालेको न्यूनताले गर्दा लोपोन्मुख हुने अवस्थामा छन् । तिनले हामीलाई पुर्खाको ज्ञान, व्यावहारिक कला तथा संस्कृति प्रदान गरेका हुन्छन् । ती लोककथामा लोकसंस्कृति अन्तर्घुलित भएर अङ्कित भएको हुन्छ । लोककथामा संस्कृति दुई रुपबाट अभिव्यक्त भएको पाइन्छ : परा तथा अपरा संस्कृति । परा संस्कृतिले अध्यात्म, धर्म, संस्कार, कर्म–फल, मोक्ष, पुनर्जन्म, पाप–पुण्य, बन्धन (मुक्ति, जस्ता आध्यात्मिक र परलोकसँग सम्बन्धित ज्ञानलाई जनाउँछ भने यसलाई अभौतिक संस्कृति पनि भनिन्छ । अपरा संस्कृति भन्नाले भौतिक, सांसारिक, व्यावहारिक जीवनशैली, विज्ञान, कला, साहित्य, परम्परा, रीतिरिवाज एवम् सामाजिक संरचनासँग सम्बन्धित ज्ञानलाई जनाउँछ । सरल शब्दमा परासंस्कृति आत्मा र आध्यात्मिक सत्यसँग जोडिन्छ भने अपरासंस्कृति हाम्रो दैनिक जीवन, व्यवहार र भौतिक संसारसँग जोडिन्छ । यस ‘राजकुमार अभिजीत’ लोककथाले अपरा संस्कृतिबाट राजा हरिहर वम र रानी इन्दुमतीले मणिदास महाराज तथा उनका चेला धर्मदासबाट निःसन्तानले प्राप्त गरेको सन्तानसुख, राज्यको सुरक्षानीतिमा राजाको भूमिका, राजा र प्रजाको सम्बन्ध, जनकल्याणका कार्यजस्ता विविध विषयलाई उत्खनन गरी सामाजिक सद्भाव अभिवृद्धि गर्न महङ्खवपूर्ण भूमिका खेलेकोे देखिन्छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution 4.0 International License.
This license enables re-users to distribute, remix, adapt, and build upon the material in any medium or format, so long as attribution is given to the creator. The license allows for commercial use.