विभिन्न धर्ममा प्रचलित अन्त्येष्टि संस्कार
DOI:
https://doi.org/10.3126/voice.v17i2.92306Keywords:
रीतिरिवाज, वैदिक, संस्कार, धर्मशास्त्र, मनुस्मृतिAbstract
प्रस्तुत आलेखमा हिन्दु, बौद्ध, इस्लाम र इसाई धर्ममा मृत्युसंस्कार केकस्ता छन् र केकसरी अन्तिमसंस्कार गरिन्छ भन्ने कुराको अध्ययन गरिएको छ । हिन्दु धर्ममा जन्मदेखि मृत्युसम्मका प्रमुख १६ संस्कारहरू छन् । तीमध्ये मृत्युसंस्कार सबैभन्दा संवेदनशील र महत्त्वपूर्ण रहेको छ । यसैगरी बौद्ध, इस्लाम र इसाई धर्ममा गरिने अन्तिमसंस्कारको अध्ययन गर्दा हिन्दु धर्ममा मुख्यतः दाहसंस्कार (जलाउने) र थारुलगायत केही हिन्दुहरूको जमिनमुनि गाड्ने संस्कार रहेको पाइयो । बौद्ध धर्ममा र इस्लाम धर्ममा जमिनमुनि गाडेर अन्तिमसंस्कार गर्ने प्रचलन रहेको पाइन्छ भने इसाई धर्ममा पनि जमिनमुनि गाडेर नै व्यक्तिको मृत्यु भएपछि अन्तिमसंस्कार गर्ने प्रचलन गरहेको छ । यिनै विभिन्न धर्मअन्तर्गतका जातजाति, भाषभाषीहरूका आआप्mनै संस्कार र संस्कृतिहरू रहेका छन् । हिन्दु धर्मका १६ संस्कारसहित विश्वमा प्रचलित विभिन्न धर्म र समुदायका मुख्यतः धार्मिक दृष्टिले चार वटा धर्ममा गरिने अन्त्येष्टि संस्कारको अध्ययन गरी जानकारी दिने प्रयास यहाँ गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 Author

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
CC BY-NC: This license allows reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.