शोधप्रस्तावको ढाँचाः एक अध्ययन

Authors

  • डम्बरबहादुर पुन त्रिभुवन विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस, नेपालगंज, नेपाल https://orcid.org/0009-0008-9548-6336

DOI:

https://doi.org/10.3126/voice.v17i2.92305

Keywords:

समस्या कथन, शोध प्रश्न, शोध उद्देश्य, शोधविधि, प्राक्कल्पना, सीमाङ्कन

Abstract

यस अनुसन्धानमूलक लेखमा शोधप्रस्तावका अङ्गहरू विषय परिचय, समस्याकथन, उद्देश्य, पूर्वकार्यको समीक्षा, औचित्य, सीमा र विधिलाई क्रमैसँगै चर्चा गरिएको छ । यस कार्यका लागि विश्लेषणात्मक विधि अवलम्बन गरिएको छ । शोधप्रस्ताव लेखनु अघि संक्षिप्त, अर्थपूर्ण, स्पष्ट र आकर्षक तथा मौलिक, नवीन र समस्याकेन्द्री शोध शीर्षक चयन गर्नुपर्छ । शोध्य विषयको जिज्ञासा वा शोधसमस्या समाधान गर्नका लागि त्रिमुखी प्रकृतिका के, किन र कसरीजस्ता प्रश्नवाचक शब्द राखेर शोध प्रश्न निर्माण गर्नुपर्ने हुन्छ । यस्ता प्रश्नमा केन्द्रित भएर विषयवस्तुको समीक्षा गर्ने, विश्लेषण गर्ने र मूल्याङ्कन गर्ने उद्देश्य शोध उद्देश्यमा राख्नुपर्छ । शोध रिक्तताको पहिचान गरी निश्चित सिद्धान्त वा अवधारणा, त्यसको प्रयोग र शोध शीर्षकसँग सम्बन्धित साहित्यको पूर्वकार्यको समीक्षामा केन्द्रित भएर तीन खण्डमा अध्ययन गर्नुपर्ने हुन्छ । शोधको औचित्य पुष्टि गर्न अनुसन्धान गर्नुपर्ने कारण, वर्तमान सन्दर्भमा यसको आवश्यकता प्रस्ट रूपमा उल्लेख गर्नुपर्छ । सामग्री सङ्कलन गर्दा पुस्कालयीय कार्य वा क्षेत्रकार्य गर्नुपर्ने हुन्छ । क्षेत्रकार्य गर्दा प्रश्नावली, सामूहिक छलफल, विद्युतीय माध्यमद्वारा अन्तरक्रिया र अवलोकन विधिको उपयोग गर्नुपर्ने हुन्छ । यसरी सङ्कलन गरिएका सामग्रीहरूलाई शोधकार्यको आवश्यकताका आधारमा नमुना छनोट विधि वा समष्टि विधिको उपयोग गर्नुपर्ने हुन्छ । नमुना छनोट विधि–अन्तर्गत उद्देश्यमूलक, यादृच्छिक, गुच्छ र हिमगोल विधि पर्दछन् । यसरी तयार गरिएको अनुसन्धानमूलक लेख शोधकार्यमा अभिरुचि भएका शोधार्थी तथा विद्यार्थीहरूका लागि उपयोगी हुने देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
2
PDF (Nepali)
1

Downloads

Published

2025-12-31

How to Cite

पुन ड. (2025). शोधप्रस्तावको ढाँचाः एक अध्ययन. Voice: A Biannual & Bilingual Journal, 17(2), 133–143. https://doi.org/10.3126/voice.v17i2.92305

Issue

Section

Articles